३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

३० बैशाख २०८२, मंगलवार १५:२२

काठमाडौँ | बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् ।

जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ । यहाँ जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन् ।

अहिले मन्दिर निर्माणको चरणमा रहेको छभने गाजा दहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

ताल वरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत सङ्कलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो ।

उहाँले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत रु ७२ लाख सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ । स्थानीयको रु १० लाख र महायज्ञको रु १० लाख गरी रु २० लाखको लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उहाँले बताउनुभयो ।

“गत वर्ष रु तीन लाखको लागतमा नगरले दहमा दृश्यावलोकनस्थल निर्माण गरेको थियो । अहिले सिद्ध बराहको मन्दिर निर्माण थालिएको छ, पदमार्गसहित संरचना थपिएका छन् । पूर्वाधार थपिँदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो”, भुजेलले भन्नुभयो, “धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ । अहिले गुराँसको वनभित्रको ताल मनमोहक देखिन्छ ।”

गाजा दहमा सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ । यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । गाजादहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत एक दर्जन हिमऋङ्खला देख्न सकिने यहाँ पुग्नुभएका हिमाल सुवेदीले बताउनुभयो । उहाँले दह पुग्ने सडक थप स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।

सिँगानासम्म कालोपत्र सडक पुगे पनि त्यहाँबाट १४ किमी स्तरोन्नति हुन बाँकी छ । हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्त्व बढ्दै गएको वडाध्यक्ष भुजेलले उल्लेख गर्नुभयो ।

“यहाँ बाला चतुदर्शीमा सतबिज छर्नेको घुइँचो लाग्ने गर्दछ । चिसो हावापानीमा गाजा दहको काखमा बसेर घरबासको स्वादिष्ट परिकार खान पाउने व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेश सरकारले दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ”, उहाँले भन्नुभयो ।

महायज्ञमा सङ्कलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले दहको प्रचारप्रसार र प्रवर्द्धनमा पालिकाले सघाउँदै आएको उल्लेख गर्नुभयो । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको दहको समग्र विकासका लागि पालिकाले गुरुयोजना बनाउने उहाँले जानकारी दिनुभयो ।

प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो । दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, संरक्षण गर्दै ताल परिसरमा सिद्ध बराह भगवान्को पूर्णकदको मूर्ति निर्माण गर्नेलगायत उद्देश्य बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली