३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक,२५ वाटको फास्ट चार्जिङ सुविधा

३० बैशाख २०८२, मंगलवार १७:३३

काठमाडौँ । दक्षिण कोरियाली ब्राण्ड सामसङले सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन भारतीय बजारमा मंगलबार सार्वजनिक गरेको हो।

यो कम्पनीको फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यो फोनको डिजाइन पातलो छ। ५.८ एमएमको मोटाइ रहेको फोनको जम्मा तौल एक सय ६३ ग्राम छ। कम्पनीका अनुसार यो फोन सामसङ ग्यालेक्सी एस सिरिज अन्तर्गतको सबैभन्दा पातलो फोन हो। फोनको डिस्प्ले ६.७ इञ्च छ। यो फोनले ‘आइफोन–१७ एयर’लाई टक्कर दिने उल्लेख गरिएको छ। फोनमा डुअल रियर क्यामरा डिजाइन गरिएको छ।

जसमा दुई सय मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा छ। सेल्फीको लागि १२ मेगापिक्सल क्यामरा छ। फोनमा एआई विशेषता समावेश गरिएको छ। जसको सहायताले फोटो तथा भिडिओ लिँदा अनावश्यक रूपमा रहेका पछाडिका दृश्यलाई हटाउन सकिने छ।

त्यस्तै, ग्राहकले फोनमा ३९०० एमएएच ब्याट्रीका साथै २५ वाटको फास्ट चार्जिङ सुविधा पाउनेछन्। ग्राहकले यो फोन १२ जिबी/५१२ जिबी र १२ जिबी/२५६ जिबी क्षमतामा पाउनेछन्। फोनको मूल्य ९३ हजार तीन सय ७७ भारूदेखि सुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली