2026-06-28 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डब्लुएचओद्वारा नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी

लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र कुपोषण, भोकमरी, रोग र मृत्युको विनाशकारी अवस्थामा छन् । डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै यो विश्वको सबैभन्दा खराब भोक सङ्कटहरू मध्ये एक हो, जुन वास्तविक समयमा प्रकट हुन्छ भनेको छ ।

डब्लुएचओ सदस्य रहेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) साझेदारीले आज खाद्य सुरक्षा विश्लेषण जारी गरेको छ ।

“हामीले गाजामा अनिकालको घोषणाका लागि पर्खनु पर्दैन, खाना र औषधिहरू सीमापार केही मिनेट टाढा हुँदा पनि मानिसहरू भोकमरी, बिरामी र मर्दै छन्”, डब्ल्लुएचओका महानिर्देशक टेड्रोस अधोनम गेब्रेयससले भन्नुभयो, “आजको रिपोर्टले खाना र आवश्यक आपूर्तिको तत्काल पहुँचबिना, स्थिति बिग्रँदै जानेछ, अधिक मृत्यु र अनिकालमा झर्नेछ भन्ने देखाउँछ ।”

अनिकाल अझै घोषणा गरिएको छैन, तर मानिसहरू अहिले भोकमरीमा छन् । गाजाको तीन चौथाइ जनसङ्ख्या ‘आपत्कालीन–विनाशकारी’ अभावमा छन् । यो आइपिसीको खाद्य असुरक्षा र पोषणको अभावको पाँच–स्तरको मापनको सबैभन्दा खराब दुई स्तर हो ।

यदि स्थिति जारी रह्यो भने पाँच वर्षमुनिका करिब ७१ हजार बालबालिका आगामी ११ महिनामा तीव्र कुपोषण हुने अपेक्षा गरिएको आइपिसीको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी