2026-09-15 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बीउको उचित प्रबन्धसहित खाद्यउपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न अनुरोध गर्नुभयो ।

उहाँले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गर्नुभयो ।

सांसद भगवती चौधरीले विनियोजन विधेयकले ऊर्जा, पूर्वाधार क्षेत्रको विकासमा जोड दिँदै बजेटलाई थप यर्थाथवादी बनाउन सुझाव दिनुभयो । सूचना प्रविधि, कृषि, पर्यटलाई विशेष प्राथमिकतामा राख्न पनि उहाँले आग्रह गर्नुभयो ।

सांसद सूर्यमान दोङले कृषि, पर्यटन, जलविहारमा समेत सहयोग गर्ने सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक बजेटसहित अघि बढाउन अनुरोध गर्नुभयो ।

सांसद शिशिर खनालले बजेट विनियोजन, कार्यान्वयन र प्रगतिका विषयमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै सूचना प्रविधि क्षेत्रलाई विस्तार र सहजीकरण गर्नुपर्नेमा थप कर लगाइएको, प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण निर्माण हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित र पारदर्शी नभएकाले त्यसतर्फ ध्यान जाओस भन्नुभयो ।

सांसद रामकृष्ण यादवले मुलुकको भौगोलिक विविधतालाई सम्बोधन गर्दै आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्न सुझाव दिनुभयो । उहाँले नीति तथा कार्यक्रममा ठूला, पूर्वतयारी भएका र लगानी ढाँचा तय भएका आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले कृषि क्षेत्रको प्रवद्र्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बीउको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ