३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ

३० बैशाख २०८२, मंगलवार १८:०२

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण सुडानमा हाल पाँच लाख ५९ हजार ६१५ जना शरणार्थीहरू बसोबास गरिरहेका छन्। ती सबैजना देशभरका २९ स्थानहरूमा रहेका छन्।

उक्त प्रतिवेदनमा पाँच लाख ५५ हजार ८१४ जना व्यक्ति औपचारिक रूपमा दर्ता गरिएका शरणार्थीको रूपमा रहेका छन् भने तीन हजार ८०१ जना व्यक्ति अझै शरणको खोजीमा छन्।

शरणार्थीहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या छिमेकी देश सुडानबाट आएका छन्, जसको संख्या पाँच लाख २७ हजार ९५१ रहेको छ। त्यसपछि कङ्गो, इथियोपिया, इरिट्रिया, र मध्य अफ्रिकी गणराज्यलगायतका अन्य देशका नागरिकहरू रहेका छन्।

शरण खोज्ने व्यक्तिहरूको विवरण अनुसार, ३५ दशमलव एक प्रतिशत इरिट्रियाली र ३४ प्रतिशत इथियोपियाली नागरिक छन्। त्यस्तै, युगान्डा, बुरुन्डी र कङ्गोका नागरिकहरू पनि उल्लेखनीय सङ्ख्यामा सङ्ख्यामा रहेका छन्।

सुडानमा जारी हिंसात्मक द्वन्द्वका कारण प्रभावित व्यक्तिहरू ज्यान जोगाउँदै भाग्न बाध्य भएका छन्। उनीहरूलाई दक्षिण सुडानले अस्थायी रूपमा शरण दिँदै आएको छ।

प्रतिवेदनअनुसार ती शरणार्थीहरूमध्ये ५१ प्रतिशत महिला छन् भने कूल ७८ प्रतिशत महिला र बालबालिका रहेका छन्, जसले महिला तथा बालमैत्री सेवा तथा सुरक्षाको विशेष आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली