२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकाससँग सांसद जोडिनुपर्छ’

२०८२, ३० बैशाख मंगलवार १८:०९

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा भाग लिँदै सांसदहरुले विकाससँग सांसद जोडिनुपर्ने बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै उहाँहरुले विकास गतिविधिसँग सांसदलाई जोड्नुपर्ने बताउनुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सकारात्मक हुँदै खाद्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उत्पादन वृद्धिका लागि खोजमूलक अनुसन्धानमा जोड दिने तथा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने विषयलाई आगामी बजेटमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “सरकारको लगानीमा सतप्रतिशत नाफा नदेखिए जनताको विश्वास हुँदैन । जलविद्युत् उत्पादनमा वृद्धि गर्नुपर्छ, विकाससँग सांसद जोडिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले सीमा अतिक्रमण नियन्त्रण नीति कार्यान्वयन गर्नुपर्ने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले समाजवादोन्मुख अर्थतन्त्रका पक्षमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण हुन नसकेको आरोप लगाउँदै आगामी बजेटमा प्राथमिकता किटान गरी कार्यान्वयनमा जोड दिन अनुरोध गर्नुभयो ।

सांसद नरबहादुर विष्टले जनताको आशा र अपेक्षाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता नाआएको भनी दुःख व्यक्त गर्नुभयो ।

सांसद सुमित्रा विसीले राष्ट्रियताको सवालमा सुरक्षाको विषय समेटिनु सकारात्मक भएको उल्लेख गर्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन गर्दछु भन्नुभयो ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) भइरहेको छलफलमा बोल्ने सदस्यहरू बाँकी रहेकाले राष्ट्रियसभाको अर्को बैठक भोलि बुधबार १ बजेर १५ मिनेटमा बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह