2026-06-30 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताउनुभयो । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आज यहाँ आयोजित ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उहाँले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको जानकारी दिनुभयो । “पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ,” उहाँले भन्नुभयो, “नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेको हुँदा यसलाई सुधार गर्न जरुरी छ । ”

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिँचाई क्षेत्रमा ठूलो हानी पु¥याएको बताउनुभयो । सिँचाइले किसानलाई धेरै वाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पु¥याउने उहाँको भनाइ थियो । उर्जामन्त्री खड्काले सरकारले विस २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पु¥याउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सिँचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ । ”

सम्मेलनमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दैे राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पानीको सही सदुपयोगमार्फत कृषि उत्पादकत्व बढाउनका लागि कृषि मन्त्रालय र सिँचाई विभागको थप समन्वयको आवश्यकता औँल्याउँदै सिँचाइ योग्य जमिनमा कृषिखेती नै प्रवद्र्धन गरिनुपर्छ भन्नुभयो ।

जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले सम्मेलनमा सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जलस्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्नेबारे आवश्यक छलफल हुने जानकारी दिनुभयो ।

जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक मित्र बरालले सम्मेलनमा पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि छलफल गरी नेपाल सरकारको कृषि र सिँचाइ रणनीति तथा दिगो विकास लक्ष्य १, २ र ६ सँग समन्वयमा कार्यदिशा तय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्व उच्च हुन्छ । सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छाँै ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरू ः क्षेत्रगत एकीकरणका लागि विचार र समायोजन दृष्टिकोण’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्न सिँचाइलाई प्रवद्र्धन गर्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो , “ कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न सिँचाइमा लगानी वढाउन लागिएको छ । ”

इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्काे आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’ कार्यपत्र प्रस्तुत गर्नुहँदै जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि प्रणालीमा परेको बताउनुभयो । इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ र कृषिमा सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै परम्परागत खेती प्रणालीमा सुधार गर्न र सिँचाइका लागि जलव्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालको कृषि क्षेत्रले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यसले ठूलो जनसङ्ख्यालाई रोजगारी समेत दिएको छ भने मुलुकको कूल गार्हस्थ उत्पादनमा झण्डै २५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । जलवायु परिवर्तन, पानीको अभाव र व्यवस्थापनको कमीले सबै सिँचाइयोग्य भूमिमा वर्षभरि सिँचाइ सुविधा पु¥याउन कठिनाइ भइरहेको छ ।
सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती र कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयमा छलफल समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ