२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रिबजेट छलफलमा सत्तारूढ दलकै वाक्पटु र ‘भेट्रान’ नेताहरू सक्रिय नहुँदा आश्चर्यमा परे: सांसद थापा

२ जेष्ठ २०८२, बिहीबार १६:२५

काठमाडौँ । नेकपा (एमाले)का सांसद सूर्य थापाले आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारूढ दलकै अनुभवी नेताहरू सक्रिय नभएको बताएका छन् । बिहीबार (जेठ १) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले प्रिबजेट छलफलमा सत्तारूढ दलकै वाक्पटु र ‘भेट्रान’ नेताहरू सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।

“नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाक्पटु माननीयज्यूहरू र भेट्रान नेताज्यूहरूलाई सक्रिय देखिरहेको छैन । मलाई आश्चर्य लागेको छ,” उनले भने । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालक्षित उनले यस्तो टिप्पणी गरेका हुन् । उनले बजेट वक्तव्य जारी नहुँदै सत्तारूढ दलकै नेताले उक्त पुस्तक च्यात्ने धम्की दिने कुरा पनि आश्चर्य भएको बताए ।

“हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन,” उनले भने, “यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ ।” बुधबार (वैशाख ३१) प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले आउँदो आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणनिम्ति रकम विनियोजन नगरिए उक्त पुस्तक च्यात्ने चेतावनी दिएका थिए । सांसद थापाले सत्तारूढ दलकै नेताले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, “हामी नयाँ सांसदहरूलाई पुराना पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोस्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ?”सत्तारूढ दलकै सांसदले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको उनले बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली