2026-07-02 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ’

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएको बताउनुभएको छ ।

निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उहाँले कम्युनिष्ट पार्टीहरूले आगामी दिनमा आफ्ना कमीकमजोरी सच्चाउँदै नयाँ धरातलबाट हिँड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “यदि हामीले वैज्ञानिक समाजवादतर्फको यात्रा हिँडेको हो भने समाजवादी क्रान्तिलाई सम्पन्न गर्न आधारभूत विषय सम्बोधन गर्नुपर्नेछ ।” नेपाल पुँजीवादी व्यवस्थामा अगाडि बढिरहेको भए पनि वामपन्थी आन्दोलनको परिणामस्वरुप समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वलगायत विषय संविधानमा समेटिएको उहाँले उल्लेख गर्नुभयो ।

“कम्युनिष्ट पार्टीले पुँजीवादी गणतन्त्रलाई उपयोग गरेर समाजवादी गणतन्त्रमा पुग्ने लक्ष्य राख्नुपर्छ”, नेता खनालले भन्नुभयो, “यथास्थितिको बाटोबाट गन्तव्यमा पुगिँदैन, अब क्रान्तिकारी कार्यक्रम र कार्यदिशा आवश्यक छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा जनवादी क्रान्ति सम्पन्न भएकाले वामपन्थी शक्तिले वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाएर त्यसको आधार तयार गर्नुपर्ने अहिलेको मुख्य दायित्व भएको बताउनुभयो ।

“अब हाम्रो यात्रा समाजवाद, समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्नु हो”, उहाँले भन्नुभयो, “अहिले पनि नेपाली राजनीति, सामाजिक परिवेश र अर्थतन्त्रमा नोकरशाही पुँजीवादको नियन्त्रण कायम छ, यो मुख्य चुनौती हो । उत्पादन वृद्धि, स्वाधीन अर्थतन्त्र, राष्ट्रिय पुँजीको विकास गरेर नोकरशाही पुँजीवादविरुद्ध लड्न सबै एकजुट हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध