2026-09-14 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समितिबाट सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित

काठमाडौँ | प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र दुई वर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ ।

समितिको आजको बैठकले उक्त व्यवस्थासहित लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित गरेको समिति सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी सेवामा रहने उमेर हद ६० वर्ष, अतिरिक्त सचिबसम्बन्धी व्यवस्था, दुई वर्षको ‘कुलिङ पिरियड’ रहने व्यवस्थासहित विधेयक समितिबाट पारित भएको छ ।” नयाँ प्रस्तावित व्यवस्थामा निजामती सेवामा १५ तह रहने व्यवस्था छ ।

यो निजामती सेवामा रहेको कर्मचारी अवकाश प्राप्त सरकारी कर्मचारीले अर्काे जिम्मेवारी प्राप्त गर्ने सन्दर्भमा पर्खनुपर्ने समयावधिसम्बन्धी व्यवस्थालाई कुलिङ पिरियड भनिने गरिएको छ । यसअघि समितिको आजको गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको जानकारी गराउनुभएको थियो । यसअघि एक वर्षको व्यवस्था गर्ने भनिएको थियो । सरकारले ल्याएको उक्त प्रस्तावमा समितिमा रहेका सबै सदस्य सहमत भएका थिए ।

सङ्घीय निजामती विधेयकमाथिका छलफलमा भाग लिँदै समिति सदस्यले लोक सेवाप्रतिको छवि र ओजलाई घटाउन नहुने तथा कर्मचारीका उमेर हदका सम्बन्धमा सरकारको दुई वर्षको कुलिङ पिरियडसम्बन्धी प्रस्ताव उपयुक्त हुने सुझाव प्रस्तुत गर्नुभयो ।

सदस्य अशोककुमार राईले निजामती विधेयकमा पर्याप्त छलफल भइसकेकाले अब फेरि अल्मलिँदा परिणाम दिन चुनौती हुने भएकाले अब अनावश्यक लम्याउन नहुने धारणा राख्नुभयो । कुलिङ पिरियड दुई वर्ष राख्ने भन्ने सरकारको धारणाप्रति अन्यथा भन्न नमिल्ने बताउँदै उहाँले निजामती कर्मचारीको उमेर हद ६० बर्ष पु¥याउनुपर्छ भन्ने विषयमा लचिलो हुँदा नै राम्रो हुने बताउनुभयो ।

ट्रेड युनियनकै कारण निजामती प्रशासनलाई बदनाम मात्र नभई निष्पक्ष हुन नसकेका भन्ने तर्क गर्दै त्यसलाई व्यवस्थित तुल्याउन अत्यावश्यक रहेको विचार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ