२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

२०८२, ५ जेष्ठ आईतवार १३:२८

काठमाडौँ | प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गर्नुभएको छ ।

बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद् दोमोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिर्वतनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको र कृषि उत्पादनको क्षेत्रमा पनि जलवायु परिर्वतनले असर पारेको बताउनुभयो । सांसद दीपकबहादुर सिंहले राप्रपाका युवक सङ्गठनका सभापति सुजित केसीलाई प्रहरीले पक्राउ गरेको हुँदा तत्काल रिहाइका लागि माग गर्नुभयो ।

सांसद दीपा शर्माले आर्थिक वर्ष २०८२÷८३ बजेटको तयारी भइरहेको बाँकेका क्षेत्र नं २÷३ मा अधुरा विकासका आयोजनामा बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लामा सडक निर्माणमा सुरु भएपछि जनतामा नयाँ उत्साह जागेको र आवश्यक बजेटका लागि सरकारसँग थप आग्रह गर्नुभयो ।

सांसद दुर्गा राईले बेलाबेला बिजुली झ्यापझ्याप जाने गरेकोबारेमा जानकारी माग गर्दै भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने १० किमि सडक असाध्यै कठिन भएकाले त्यो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले देशभरी रहेका मझौला उद्योग धेरै मारमा भएको र मिटर ब्याजभन्दा पनि बढी कर लिएको र हर्जना तथा ब्याजको छुट दिन आग्रह गर्नुभयो । सांसद धु्रवबहादुर प्रधानले तानसेन सिमेन्ट उद्योग र लक्ष्मी स्टील उद्योगले वातावरण प्रदूषण र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको साथै धुँवा, धुलो कृषि उत्पादनमासमेत असर परेको भन्दै उद्योग र वातावरण मन्त्रालयको ध्यानार्षण गराउनुभयो ।

सांसद नारायणप्रकाश साउदले बजेटले निर्माण गर्दा प्राथमिकताका आधारमा सिमान्तकृत, पछाडि परेका समुदाय र क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो ।

सांसद नारायणी शर्माले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्नुभयो । सांसद पुष्पबहादुर शाहले सुदूरपश्चिम र कर्णालीमा लाभ हुने गरी बेतन जलविद्युत् कर्णालीको सञ्चयकर्ताको ४० प्रतिशत स्थानीयले लगानीमा रहेको आयोजना अलपत्र परेकाले बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सांसद प्रतिमा गौतमले मिर्गाैला रोगबाट पीडित ९० प्रतिशत अङ्गदाता नपाएर मृत्यु भएको र आठ हजार बिरामी अङ्गदाताको प्रतिक्षामा बस्नुपरेको उल्लेख गर्दै मानव शरीरको अङ्ग प्र्रत्यारोपण २०७३ पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेमबहादुर मर्हजनले गैरकानुनी ढङ्गले माटोसहित फूलका बिरुवा ल्याउने गरेको हुँदा नेपाली पुष्प व्यवसायीले मर्कामा पर्ने हुनाले यस्तो कार्य तत्काल रोख्न गृृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद बासुदेव घिमिरेले स्थानीय तहमा कतिपय स्थानमा दलगत विभेद गर्ने गरेको देखिएकाले राजनीतिक आधारमा कुनै पनि विभेद नगरी जवाफदेही र निष्पक्ष सेवा प्रदान हुनुपर्ने माग गर्नुभयो ।

सांसद विन्दाबासिनी कङ्साकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विनिता कठायतले कर्णालीबाट त्यहाँको मुद्दा पटक–पटक उठाएको भए पनि ध्यान नदिएको र त्यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विमला सुवेदीले सगरमाथा संवादले जलवायु परिर्वतन रोकथामका विषयमा व्यापक छलफल भइरहेको हुँदा जलवायु परिर्वतनबाट नेपाललाई जोगाउन लिएकोे नीतिबारे जानकारी माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ