2026-06-28 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

व्यापार समस्या समाधानका लागि बङ्गलादेशले भारतसँग छलफल गर्नेछ : युनुसका सल्लाहकार

भारतले स्थल बन्दरगाहमार्फत् बङ्गलादेशी निर्यातमा प्रतिबन्ध लगाएपछि देशको अन्तरिम सरकारले भारतसँगको सबै व्यापारिक समस्याहरू समाधान गर्न चाहेको बताएको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारका सल्लाहकारले बङ्गलादेश भारतसँग सबै विषयमा छलफल गर्न चाहेको बताए ।

हालै भारतले बङ्गलादेशबाट सडकमार्फत् तयारी पोसाक (रेडीमेड गार्मेन्ट, आरएमजी) फलफूल÷फलफूलको स्वाद र कार्बोनेटेड पेय पदार्थ, बेक गरिएका सामान, स्न्याक्स, चिप्स र कन्फेक्सनरी, कपास र कपासको धागोको अवशेष, प्लास्टिक र पिभिसी तयारी सामान र काठको फर्निचरको आयातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि बङ्गलादेशले भारतबाट स्थलमार्गबाट धागो आयात गर्न प्रतिबन्ध लगाएको थियो । भारतले बङ्गलादेशबाट तेस्रो देशहरूमा सामान निर्यात गर्ने ट्रान्स–शिपमेन्ट सुविधा पनि रद्द गरेको थियो । यसरी दुई छिमेकी देशबीच पारस्परिक व्यापार प्रतिबन्धहरू लगाइँदैछन् ।

“हामीलाई भारतको कदमबारे औपचारिक रूपमा केही थाहा छैन । हामीलाई औपचारिक रूपमा थाहा भएपछि मात्र हामी कारबाही गर्न सक्नेछौँ । कुनै समस्या उत्पन्न भएमा दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन्”, भारतले लगाएको पछिल्लो प्रतिबन्धबारे बङ्गलादेश अन्तरिम सरकारका वाणिज्य सल्लाहकार शेख बशिरुद्दीनले पत्रकारहरूलाई भन्नुभयो, “हामीले सामाजिक सञ्जाल र समाचारबाट थाहा पाएका छौँ कि उनीहरू (भारत) ले स्थल बन्दरगाहहरू, विशेष गरी अखौरा र दावकी बन्दरगाहहरू र केही सीमा क्षेत्रका सम्बन्धमा केही निर्णय लिएका छन् । हाम्रो मुख्य लक्ष्य प्रतिस्पर्धात्मकता हासिल गर्नु हो । यो दुवै देशका लागि लाभदायक विषय हो ।”

“भारत आफैँ कपडा वा कपडा उद्योगमा धनी देश हो भन्ने हामीलाई लाग्छ । त्यसो भए पनि जब यी उत्पादनहरू हाम्रो देशबाट निर्यात गरिन्छ, यो हाम्रो क्षमताहरूमा आधारित हुन्छ । हामी ट्रान्स–शिपमेन्टबाट प्रभावित हुँदैनौँ । हामीले आफ्नै क्षमता प्रयोग गरेर यो समस्या समाधान गरेका छौँ”, उहाँले भन्नुभयो, “हामी भौगोलिक रूपमा जोडिएको देश भएकाले हाम्रो प्रतिस्पर्धात्मकता, यातायात खर्च र अन्य कारकहरू निश्चित छन् । यस सम्बन्धमा हामी विभिन्न समयमा हाम्रो कृषि उत्पादनहरूको आयातमा प्रतिबन्ध लगाउँछौँ, भारतले पनि गर्दछ । यो व्यापार व्यवस्थापनको एक प्रक्रिया हो र हामी त्यसमा काम गरिरहेका छौँ, यदि त्यहाँ समस्या उत्पन्न भयो वा विकसित भयो भने, दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन् ।”

“म उदारवादी व्यापारमा विश्वास गर्दछु । व्यापार मेरो लागि महत्त्वपूर्ण छ । मेरो देशको व्यवसाय र उपभोक्ताहरूलाई सशक्त बनाउन व्यापार समावेशीकरण बाहेक अन्य कुनै मार्ग देख्दिनँ”, बशिरुद्दीनले भन्नुभयो ।

यसअघि शनिबार वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशालय (डिजिएफटी) ले जारी गरेको निर्देशनपछि बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानको आयातमा तत्काल स्थल बन्दरगाहमा प्रतिबन्ध लगाएको थियो ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जिटिआरआई) का अनुसार बङ्गलादेशबाट स्थल बन्दरगाहमार्फत् हुने आयातमा भारतले लगाएको प्रतिबन्धले सात करोड ७० लाख अमेरिकी डलर मूल्यका सामानमा असर पर्नेछ । यो कुल द्विपक्षीय आयातको लगभग ४२ प्रतिशत हो ।

यस कदमले विशिष्ट बन्दरगाहहरूमा तयारी पोशाक र प्रशोधन गरिएका खाद्य पदार्थहरू जस्ता उत्पादनहरूको प्रवेशलाई सीमित गर्ने मन्त्रालयको एक आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसलाई व्यापक रूपमा भारतीय धागो, चामल र अन्य सामानहरूमा बङ्गलादेशको हालैको प्रतिबन्धको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

नयाँ निर्देशिकाअनुसार बङ्गलादेशबाट सबै प्रकारका तयारी पोशाक अब नव सेवा र कोलकाता समुद्री बन्दरगाहहरूमार्फत् मात्र आयात गर्न सकिन्छ । स्थल बन्दरगाहहरूमार्फत् प्रवेश अब अनुमति छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी