2026-09-14 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौँ | राष्ट्रियसभाका सदस्यहरुले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गोपाल भट्टराईले मनसुन सुरुआतको प्रारम्भमै विपद्का घटनाहरु हुन थालेको भन्दै विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारीमा जुट्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद मायाप्रसाद शर्माले हुम्लाको तिलगाउँ पहिरोको उच्च जोखिममा परेको तथा गत वैशाख ३१ को वर्षापछिको पहिरोले हिल्सा जानेबाटो अवरोध भएको, स्थानीय विद्युत् गृहमा क्षति पुगेको भन्दै पहिरोको जोखिमा रहेको तिलगाउँका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद गङ्गा बेलबासेले राष्ट्रिय निकुञ्जसम्बन्धी नयाँ ऐनको माग गर्नुभयो । सांसद गोपी सार्की अछामीले विद्युत् प्राधिकरणको लापर्वाहीले विद्युत् कटौती हुँदा व्यवसायी मर्कामा परेकाले त्यसको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जगप्रसाद शर्माले दाङको टरिगाउँ विमानस्थल, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका मेघा परियोजनमामा बजेट सुनिश्चित गर्न माग गर्नुभयो । सांसद तारामान स्वाँरले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना नहँुदा त्यस क्षेत्रमा आपराधिक घटना बढेर नागरिक त्रसित र असुरक्षित भइरहेकाले यसको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तुलसाकुमारी दाहालले विवाहको उमेर घटाउने विषय संविधानमा व्यवस्था भएको बालबालिकाको हकअधिकारको विपरीत भएको उल्लेख गर्दै केही छिटपुट घटनालाई आधार मानेर विवाहको उमेर नघटाउन तथा यस विषयमा गहिरो अध्ययन गरेर मात्रै निर्णय लिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भगवती न्यौपानेले भर्खरै सम्पन्न सगरमाथा संवादमा विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति भएर हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, न्यूनीकरण एवं समाधानबारे ऐक्यबद्धता प्रकट गर्दै २५ बुँदे कार्यआह्वानपत्र जारी भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हुम्लामा हिमताल फुटेर नाम्खा गाउँ पहिरोको चपेटामा परेका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्तिको व्यवस्था गर्दै जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राधेश्याम पासवानले सर्लाहीको ईश्वरपुर नगरपालिकाका उमेश नेपालीको विद्युतीय तार जडान गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको घटनामा विद्युत् प्राधिकरणको लापरबाही देखिएको भन्दै दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ