२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने- सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने

२०८२, ६ जेष्ठ सोमबार १५:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउन निर्देशन दिएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै उनले सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने गरेको टिप्पणी गरे । कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रममा सधैँ नाम राखेर बोलाइरहने, तर नआउने गरेको भन्दै उनीहरूको प्रधानमन्त्रीले रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिएका हुन् ।

कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, “कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो !” अर्कोपटकदेखि सोधीखोजी गर्न उनले आग्रह गरे । “हेर्नुहोला रेकर्ड को एकपटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर,” उनले भने, “आउने नभए नाम नराख्नुहोला । हरेकपटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने !”

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताए । सरकारले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस मूल समारोह समिति गठनका निम्ति सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत सदस्य छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी