2026-08-06 08:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण

काठमाडौँ | नब्बे सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका–४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आज उद्घाटन गर्नुभयो ।

विक्रम संवत् १९९० को महाभूकम्पमा मन्दिर भत्किएपछि जस्ताले छाएर सानो मन्दिरका रुपमा रहँदै आएको थियो । मन्दिरका विषयमा लामो अनुसन्धानपछि प्यागोडाशैलीमा तीन तलाको मन्दिर निर्माण गरिएको हो । विसं २०७६ सालमा मन्दिरको पुनःनिर्माण सुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बिजुक्छेँले भन्नुभयो, “नरसिंह शक्तिको प्रतीक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतीक दर्शाउने गर्छ । शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य होइन भन्ने सन्देश यहाँबाट पाइन्छ ।”

कला संस्कृति संरक्षण र संवर्द्धन आफैँमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले उपभोक्ता समितिमार्फत मन्दिर पुनःनिर्माणमा खटिएकै कारण निर्माण सम्भव भएको बताउनुभयो । सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताउँदै भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मल्लकालीन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाले रु सात करोड ७७ लाख लगत अनुमान गरेकामा उपभोक्ता समितिमार्फत रु चार करोड ८३ लाख चार हजार ३८ मा पुनःनिर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण हुनुले भक्तपुरवासीकै गौरव बढाएको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको तथ्यांक प्रस्तुत गर्दै सम्पदाहरुको समयसापेक्ष ढङ्गले जीर्णोद्धार र मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वपः इन्जिनियरिङ कलेजका प्राचार्य ई सुजन माक, लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । मन्दिर उद्घाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव