२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर

२०८२, ७ जेष्ठ मंगलवार १५:०९

काठमाडाैँ । मकवानपुरको भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार (आज) दिउँसो १ बजेतिर भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।‍ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको बिङ्कर गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्ष (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार भीरमा पुगेको गाडी सल्लाको रूखमा अड्किएको थियो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैसे तथा सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्तै उद्दार कार्य थालेर सबै घाइतेलाई हेटौंडा अस्पताल पठाएको छ। घटनास्थलमा थप सहयोगका लागि इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालित गरिएको थियो।

 

प्रारम्भिक अनुसन्धानका अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ। गाडीमा चालकसहित जम्मा १४ जना सवार थिए। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गरिएको डीएसपी अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै