२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर

७ जेष्ठ २०८२, मंगलवार १५:०९

काठमाडाैँ । मकवानपुरको भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार (आज) दिउँसो १ बजेतिर भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।‍ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको बिङ्कर गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्ष (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार भीरमा पुगेको गाडी सल्लाको रूखमा अड्किएको थियो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैसे तथा सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्तै उद्दार कार्य थालेर सबै घाइतेलाई हेटौंडा अस्पताल पठाएको छ। घटनास्थलमा थप सहयोगका लागि इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालित गरिएको थियो।

 

प्रारम्भिक अनुसन्धानका अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ। गाडीमा चालकसहित जम्मा १४ जना सवार थिए। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गरिएको डीएसपी अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य