2026-08-06 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निःशुल्क पशु स्वास्थ्य शिविर : एक हजार बढी लाभान्वित

काठमाडौँ | म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरू लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजना म्याग्दीमार्फत रघुगङ्गा गाउँपालिका–३, २, ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

पशु स्वास्थ्य चिकित्सक र प्राविधिकसहितको टोली वडामा नै आएर पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरेपछि कृषकहरू खुसी भएका छन् । शिविरबाट गाई, भैँसी, बाख्रालगायत कुखुरापालन गरिरहने एक हजार ४०० जना किसानहरूले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो ।

स्थानीय वडाका वडाअध्यक्षको विशेष उपस्थितिमा सम्पन्न शिविरमा किसानहरूले आगामी दिनहरूमा पनि यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए । रेडक्रसले मानवीय सेवाका साथै गरिब तथा विपन्न वर्गालाई लक्षित गरेर जीविकोपार्जन र आयआर्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा धन्यवाद व्यक्त गर्दै रघुगङ्गा गाउँपालिका–३ का वडाअध्यक्ष खिमबहादुर शाहीले वडाले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

शिविरमा डा आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी एवम् दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराउनुभएको थियो । रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिमहरू पनि भइरहेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव