रेशम राज रोकाया/भदौ ७, हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ७ मा रहेको हिमाली फिडर छात्रवासका विद्यार्थीले आफ्नो छात्रवास परिसरको जग्गाबाट लाखौंको तरकारी उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशम राज रोकाया/भदौ ७, हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ७ मा रहेको हिमाली फिडर छात्रवासका विद्यार्थीले आफ्नो छात्रवास परिसरको जग्गाबाट लाखौंको तरकारी उ"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

छात्रवासका विद्यार्थीद्धारा लाखौंको तरकारी उत्पादन

२०७४, ७ भाद्र बुधबार ०२:४४


रेशम राज रोकाया/भदौ ७, हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ७ मा रहेको हिमाली फिडर छात्रवासका विद्यार्थीले आफ्नो छात्रवास परिसरको जग्गाबाट लाखौंको तरकारी उत्पादन गरेका छन् । 

५वर्ष अघि देखी तरकारी खेती सुरु गरिएको तरकारी खेतीबाट हरेक वर्ष लाखौंको तरकारी विद्यार्थीले फलाउने गरेका छन् । 

एक रोपनी जग्गामा रहेको छात्रवास परिसरको जग्गा ५ वर्ष बाँझो थियो, सबै विदयर्थी लागेर खन्यौं, तरकारीको बिउ भिम सर र कमला म्याडम (होस्टेल ईन्चार्ज) लेल्याउनु भयो, गोडमेल र मल हाले पछि हर्लक्कै तरकारी फल्ने गरेको विद्यार्थी धनकला बुढाथोकीले बताउनु भयो । त्यसै गरी फलफुलका बोट पनि लटरम्म फल्ने गरेको छ । परिसरमा रहेको स्याउ, आरु र चुली भ्याई नभ्याई खाने गरेको विद्यार्थीले बताए । 

२० जना सदरमुकाममा रहेको श्री मानसरोवर नमूना माध्यमिक विद्यालयमा अध्ययनरत रहेका विद्यार्थी कोही साधारण शिक्षा लिन्छन् त कोही कृषि विषय लिएर पढ्ने गरेका छन् । कृषि विषय पढ्ने गरेका विद्यार्थीको सहयोगले अन्य साधारण विषय लिएर पढ्ने गरेका विद्यार्थीले सँगै काम गर्ने गरेका छन् । 

विद्यालयमा पढेको ज्ञानलाई छात्रवास परिसरमा परिक्षण समेत गर्न पाएकोमा विद्यार्थी दंग पर्ने गरेका छन् । त्यसै गरी तरकारी र फलफुलबाट मनग्य आम्दानी गरी छात्रवासको खर्च टरेकोमा छात्रवास संयोजक कमला लामा राई पनि खुसी व्यक्त गर्नु हुन्छ । 

छात्रवास परिसरमा यस वर्ष साउन महिना सम्म बन्दा विक्रि गरी १५ हजार, गोलभेँडाबाट १० हजार, मुलाबाट ७ हजार, प्याजबाट ३ हजार, लसुन, स्याउ, आलुबाट २५ हजार, काँक्रोबाट ११ हजार, स्याउ, आरुबाट २२ हजार गरी लाखौंको आम्दानी गरेका छन् । त्यसै गरी फुलखेतीको व्यापार हुम्लामा नहुने गरेको भएता पनि परिसरमा फुल लटरम्म फुलेका छन् । 

हुम्लामा फुल अझै किन्ने चलन नभएकेले फुललाई मेला पर्व र अन्य समारोहमा वेच्ने लक्ष्य आगामी दिनमा रहेको यस वर्ष १५ देखी २० माला सम्म प्रति माला ५० रुपैंयाँका दरले विक्रि गर्न समेत सुरु गरिएको छात्रवास प्रमुख राईले बताउनु भयो । त्यसै गरी खरायो ५ जोडी १५ सयका दरले विक्री गरिएको र कुखुरा पालनबाट ३१ हजार समेत आम्दानी भएको छ । 


च्याउ भने यो वर्ष परिक्षणको लागि उत्पादन सुरु गरिएको छ । च्याउ खेती राम्रो हुन सकेमा आगामी दिनमा च्याउ खेती गरी यसको व्यवसायिक खेती गर्ने इच्छा भएको विद्यार्थीले बताए । 

सबै जना मिलेर काम गर्दा रमाईलो पनि हुने अर्कोतिर आम्दानी पनि हुने भएकोले छात्रवासको यो कार्य हुम्लामा नै सराहनिय भएको विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले बताउनु भयो ।

उत्पादन भएको तरकारी छात्रवासमा रहने २२ जना छात्रालाई तरकारी खाएर बचेको मात्र विक्रि गर्ने गरिएको छ । यसरी उपभोग र विक्रि दुबैलाई जोड्ने हो भने तरकारीबाट वर्षेनी २ लाख देखी ३ लाखसम्म आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । 

जिल्ला कृषि विकास कार्यालयले र नेपालिज् चिल्ड्रेन्स सोसाईटी नाम गैरसरकारी संस्थाले विउ र हरितगृह बनाउनको लागि प्लास्टिक प्रदान गरेपछि उत्पादनमा बेमौसमी तरकारी पनि खेत गर्न सम्भव भएको हो । 

अझ छात्रवासको हातालाई राम्ररी घेराबार गर्न सकेको भए यसलाई थप उत्पादमूखी बनाउन सकिनेमा छात्रवासका कर्मचारी भिम राईले बताउनु भयो । यहाँ कृषिसँग काम गर्ने संस्थालाई सहयोग गर्न बेला बेला अनुरोध गरिएको भएता पनि लगानीलाई प्रतिफलमूखी बनाउनेको लागि भन्दा पनि आँकडामा देखाउनको लागि सामाग्री र प्राविधिक सहयोग गर्ने गरेको समेत राईले बताउनु भयो । 

हुम्लामा मौसमी र बेमौसमी तरकारी खेतीबाट अन्य कृषकले पनि लाखौंको आम्दानी वर्षेनी गर्ने गरेका छन् । माटो मलिलो नभए पनि गोठे मल र सिमित साधन स्रोतको प्रयोगले यहाँका कृषक आम्दानी गरी बालबालिकाको पढाई, घरखर्च लगायतको जुटाउनु सफल हुने गरेका छन् । 

जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले कृषि सम्वन्धी प्राविधिक, आर्थिक र समाग्री अरबौंको लगानी गरेको भएता पनि प्रतिफलमूख उत्पादन हुन नसक्नु यहाँको दुर्भाग्य भएको सामुदायिक रेडियो कर्णाली आवाजका कृषि कार्यक्रम हातेमालोका उत्पादक रेशम राज रोकायाले बताउनु भयो । 

अझ यसलाई व्यवसायिक तवरले खेती गरेको भए हुम्लाका बेरोजगार युवाले रोजगारी खोज्नको लागि भौतारिने समस्या पनि अन्त हुने र आयआर्जन समेत गर्न बढाउन सकिने रोकायाले बताउनु भयो । 

१ परिसरमा फलाईएको स्याउको साथमा छात्रवास प्रमूख कमला राइ ।
२ विद्यार्थीद्धारा फलाईएको तरकारी । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा