2026-09-06 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सर्वोच्च नेता मारिए

भारतमा प्रहरीसँगको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सर्वोच्च नेता मारिएका छन्। बुधबार बिहान छत्तीसगढको नारायणपुर जिल्लाको अबुजमद जंगलमा भएको मुठभेडमा परी भाकपा (माओवादी)का महासचिव नाम्बाला केशव राव मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

द वायरका अनुसार सो जंगलमा मुठभेड हुँदा रावसहित २६ जना माओवादी मारिएका छन्। यसलाई भारतीय अधिकारीहरूले नक्सलवादविरूद्धको कारबाहीमा अहिलेसम्मकै ठूलो उपलब्धि भनेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले एक्समा पोस्ट लेख्दै माओवादीका महासचिव मारिएको पुष्टि गरेका छन्।

प्रधानमन्त्री मोदीले यसलाई महत्त्वपूर्ण उपलब्धी बताउँदै सुरक्षा फौजप्रति गौरवान्वित रहेको बताए। मुठभेडमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। केहीलाई अस्पताल पुर्‍याइएको र स्वास्थ्य स्थिर रहेको बताइएको छ।

सुरक्षाकर्मीले जंगलबाट ठूलो संख्यामा हतियारहरू बरामद गरेको छ। माओवादीले उक्त घटनाको निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ