२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

१० जेष्ठ २०८२, शुक्रबार १२:२०

काठमाडौँ | कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ ।

एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ ।

“तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ”, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भन्नुभयो, “विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए विर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हँुदैन ।”

उहाँका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ । झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि सङ्कलन गरी परीक्षण गरेको छ ।

सङ्कलित नमूनामा रायोको नमूनामा ३३ दशमलव ९४८ अर्गानोफस्टेट रहेको पाइएको छ । अन्य तरकारीका सङ्कलित नमूनामा किटनाशकको अवशेष शून्य दशमलव १५० देखि २७ दशमलव ९२७ रहेको पाइएको छ । विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ । विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताउनुभयो ।

दुई साताअघिमात्र महेन्द्रनगरको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको काँक्राको नमूना प्रयोगशालामा परीक्षण गर्दा खानै नहुने मात्रामा विषादी फेलापरेको थियो । चालु आवको हालसम्म प्रयोगशालाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई हजार एक सय ६७ किटनाशक विषादी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।

सङ्कलित नमूनामध्ये १६ वटा विसर्जनयोग्य, आठवटा केही दिन पर्खनुपर्ने (क्वारेन्टाइन गर्नुपर्ने) र दुई हजार १४३ वटा खानयोग्य रहेको पाइएको छ । तरकारीका सबैभन्दा बढी नमूना कञ्चनपुरबाट आठ सय २२ वटा सङ्कलन गरिएका छन् । जसमध्ये नौवटा नमूनामा विषादीको मात्रा (विर्सजनयोग्य) अत्यधिक रूपमा फेलापरेको छ । दुईवटा नमूना केही दिन पर्खेर मात्र खानयोग्य रहेको पाइएको एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा चालु आवमा छ सय २४ तरकारीका नमूना सङ्कलन गरिएकामा पाँचवटा नमूनामा खान अयोग्य (विसर्जनयोग्य) विषादीको मात्रा फेलापरेको छ । चारवटा नमूनामा केही दिन पर्खेरमात्र खान पाइने गरी विषादी राखिएको पाइएको छ ।

प्रयोगशालाले स्थानीय तहसँगको समन्वयमा तरकारीका नमूना सङ्कलन गरी किटनाशक विषादी परीक्षण गर्दै आएको छ । देशभरिमा तरकरीको विषादी परीक्षण गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला १२ वटा रहेका छन् । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार तरकारीमा कीरा मार्न प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक छ । तरकारीमा छर्किने विषादीले पेट दुख्ने, बान्ता हुने, पाचन प्रणालीमा समस्या ल्याउने, टाउको दुख्ने, पक्षघात हुने, विषादीयुक्त तरकारीको लामो समयसम्म प्रयोग गरे आन्द्रा, कलेजो वा छालाको क्यान्सर हुने सम्भवना हुन्छ ।

“मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोगलाई घटाई जैविक विधिबाट तरकारी उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई सचेत पार्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “तरकारीमा हालिने विषादीलाई न्यूनीकरण गर्न कृषि प्राविधिकले किसानका घरमै पुगेर यसले पुर्याउने हानिबारे जानकारी दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य