२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अदुवा बिक्री नभएपछि पर्बतका कृषक निराश

२०७४, ८ भाद्र बिहीबार ०८:१६

भदौ ८, पर्वत । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् । 

उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो । 

खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले बजारका साथै उचित मूल्य पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदीले बताउनुभयो । उहाँले बिक्री नभएपछि पाँच हजार किलो अदुवा बारीमै थन्किएको बताउनुभयो । 

“प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा समेत बिक्री भएन”, उहाँले भन्नुभयो, “लगानीसमेत उठ्ने अवस्था छैन ।” 

यहाँ उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा उदुवा किन्न थालेपछि कृषक मारमा परेका छन् । 

अदुवालाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । दुई वर्षपहिले अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदीले बताउनुभयो । जिल्लाका विभिन्न गाउँपालिकाका करिब ५०० भन्दा बढी घरधुरीले व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएका छन् । यहाँ प्रत्येक कृषकले वर्षमा दुई क्विन्टलदेखि पाँच क्विन्टलसम्म अदुवा उत्पादन गर्दैआएका छन् । 

यातायातको सुविधा नहुँदा पिठ्यूँमा बोकेर बेनी बजारमा अदुवा बिक्री गर्न यहाँका किसान बाध्य छन् । अदुवा भण्डारण गर्ने ब्यवस्था समेत छैन । अहिले तराई र भारतबाट आयात गरिएको अदुवा कम मूल्यमा पाइन थालेका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा