२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अष्ट्रियाली पूर्वचान्सलर कुर्ज निर्दोष ठहर

१३ जेष्ठ २०८२, सोमबार १७:००

अष्ट्रियाको एक अदालतले सोमबार पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा निर्दोष ठहर गरेको छ । कुनै समय युरोपमा सफल युवा (वुन्डरकिन्ड) भनेर चिनिने कुर्जले सन् २०२१ मा चान्सलर पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँलाई गत वर्ष संसदीय छानबिनमा झुटो बयान दिएको आरोपमा दोषी ठहर गर्दै आठ महिनाको जेल सजाय सुनाइएको थियो । फैसलाविरूद्ध ३८ वर्षीय कुर्जले आफू निर्दोष रहेको भन्दै अपिल गर्नुभएको थियो । कुर्जको अपिलमाथि सुनुवाई भएपछि फैसला सुनाउने क्रममा न्यायाधीशहरूको तीन सदस्यीय समितिले भनेको छ, “सेबेस्टियन कुर्जÞ निर्दोष ठहर हुनुभएको छ ।”

अदालतमा सुनुवाईका क्रममा आफ्नो बयानमा कुर्जले आफूलाई अवरोध गरिएको र उहाँलाई दोषी ठहर गर्ने न्यायाधीश पक्षपातपूर्ण भएको तर्क गर्नुभएको थियो । उहाँले अदालतती सुनुवाईमा भन्नुभयो, “मेरो लक्ष्य पक्कै पनि संसद्मा केही पनि ढाकछोप गर्नु थिएन ।”

सन् २०१९ मा अति दक्षिणपन्थीसँगको आफ्नो पहिलो गठबन्धन सरकार ढाल्ने व्यापक भ्रष्टाचार काण्डको छानबिन गरिरहेको संसदीय छानबिनलाई गुमराहमा राखेको आरोपमा कुर्जलाई गत वर्ष दोषी ठहर गरिएको थियो । अर्को एक मुद्दामा कुर्जमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

कुर्जले आफ्नो छवि उकास्न र अनुकूल मिडिया कभरेजको लागि भुक्तानी गर्न चुनावको लागि सार्वजनिक पैसाको दुरुपयोग गरेको अभियोजकहरूले आशङ्का गरेका छन्।

सन् २०२१ मा राजनीति छोडेपछि कुर्ज धेरै निजी अन्तर्राष्ट्रिय उद्यममा संलग्न हुनुहुन्छ ।

सन् २०२३ मा विवादास्पद पेगासस स्पाइवेयर विकास गर्ने इजरायलको ‘एनएसओ ग्रुप’का पूर्व प्रमुखसँग मिलेर स्थापना गरेको ‘ड्रिम साइबर सेक्युरिटी कम्पनी’ मा कुर्ज र अर्का एक उद्यमी पनि सामेल हुनुहुन्छ ।

यस वर्षको सुरुमा ड्रिमले आफ्नो कम्पनीको मूल्य १.१ बिलियन अमेरिकी डलर रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली