२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

लैङ्गिक हिंसाविरुद्ध कोशीका चार पालिकामा नमूना परियोजना

२०८२, १५ जेष्ठ बुधबार १३:०३
काठमाडौँ । कोशी प्रदेशका चार वटा पालिकामा परीक्षणको रुपमा विश्व बैङ्कको सहयोगमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चानल भएको छ ।
झापाको मेचीनगर नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नमूना परियोजना सुरू भएको परियोजनाकी विज्ञ कमला उप्रेतीले बताउनुभयो ।
नेपालमा कोभिड–१९ को महामारीपछि लैङ्गिक हिंसा बढेर गएको हुँदा यसको रोकथाम र प्रतिकार्यका लागि विश्व बैङ्कको सहयोगमा परीक्षणको रूपमा देशभर छ वटा र कोशीका चार वटा पालिकामा परियोजना लागू भएको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा र नवलपरासीको रामग्राम नगरपालिकामा पनि यो परियोजना लागू भएको छ । विश्व बैङ्कले चालू आर्थिक वर्षमा पालिकालाई परियोजना सञ्चालनका लागि रु ४० लाखका दरले सहयोग प्रदान गरेको उहाँले बनाउनुभयो ।
परियोजना परीक्षणको रूपमा पाँच वर्षको हुने र त्यसको प्रभावकारिता मूल्याङ्कनपछि देशभरका सबै पालिकामा यसलाई लैजाने नेपाल सरकारको योजना रहेको उप्रेतीले बताउनुभयो ।
परियोजना सञ्चालन भएका पालिकामा समाजका प्रतिष्ठित व्यक्तिलाई समेटेर सद्भावना दूतका रूपमा ‘पुरुष सञ्जाल’ गठन गर्ने र सञ्जालमार्फत लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायमा रोकथाम र प्रतिकार्यसम्बन्धी कार्यक्रम गरिने भएको छ ।
परियोजनाअन्तर्गत पहिलोपल्ट मेचीनगरमा र त्यसपछि धनकुटामा पुरुष सञ्जाल गठन गरेर सञ्जालका सदस्यलाई दक्षता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिसकेको उहाँको भनाइ छ ।
मेचीनगर नगरपालिकाले कार्यपालिकाबाट पुरुष सञ्जालसम्बन्धी कार्यविधि अनुमोदन गरी नगरको राजपत्रमा प्रकाशित गरिसकेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । कार्यविधिअनुसार सञ्जालकार्य समिति मनोनित गरिएको हो । समितिको कार्यकाल पाँच वर्ष रहने उल्लेख छ ।
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समाजमा भइरहेका लैङ्गिक हिंसाविरुद्ध उभिन, आदर्श पुरुषको रूपमा समाजमा सकारात्मक सोचको विकास गर्न र पितृसत्तात्मक गलत सोचलाई परिवर्तन गर्न पुरुष सञ्जालले योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो ।
मेचीनगर नगरपालिकाको महिला तथा वालवालिका शाखाकी प्रमुख जयन्ती खरेलले परियोजनाअन्तर्गत गठन भएको सञ्जालका संयोजक र सदस्य अवैतनिक हुने र समाजमा लैङ्गिक हिंसा हुन नदिने गरी समुदायमा विभिन्न कार्यक्रम लैजाने जानकारी दिनुभयो ।
परियोजनाअन्तर्गत पािलकामा मनोपरामर्शकर्ता नियुक्त हुने र हिंसा पीडितको सुरक्षा र सहयोगका लागि सुरक्षित कक्षको स्थापना गरिने भएको छ ।
पुरुष सञ्जाल नयाँ अवधारणा भएकाले समाजमा यसका बारेमा चासो धेरै रहेको जनाउँदै केन्द्रीय पुरुष सञ्जालका सदस्य संजोग ठकुरीले सञ्जालका हरेक सदस्य आदर्श पुरुष बन्न सके मात्र समाजमा लैङ्गिक हिंसाको अन्त्य गर्न सञ्जालको अभियान प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन