काठमाडौँ । कोशी नदीमा २ सय किलो गाँजा बरामद गरिएको छ ।
प्रहरीले गाडीको ट्युबमा बाँधेर सप्तकोशी नदीमार्फत बगाउँदै ल्याइएको २ सय किलोग्राम गाँजा बरामद गरेको छ।
बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी पुलको उत्तरतर्फ करिब डेढ किलोमिटर दूरीमा रहेको नदी किनारबाट शुक्रबार बिहान साढे २ बजे उक्त गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
प्रहरीका अनुसार गाँजालाई गाडीको ट्युबमा बाँधेर पहाडी क्षेत्रबाट तराईतर्फ बगाएर ल्याइएको अवस्थामा फेला पारिएको हो। हाल बरामद गरिएको गाँजा प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।
गाँजा पठाउने व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।