2026-09-07 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महासंघमा निर्वाचित दुई केन्द्रिय सदस्य सम्मानित

भदौ १०, तेह्रथुम । नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले हालै काठमाडौँमा सम्पन्न २५ औँ राष्ट्रिय महाधिवेशनबाट जिल्लाबाट केन्द्रिय सदस्यमा निर्वाचित उद्धवप्रसाद तिम्सीना र लक्ष्मण कार्कीलाई सम्मान गरेको छ । 

सदरमुकाम म्याङलुङ्गमा एक कार्यक्रमको आयोजना गर्दै महासंघमा प्रदेश नं. १ बाट निर्वाचित तिम्सीना र खुला तर्फ सदस्य पदमा निर्वाचित कार्कीलाई बधाई तथा शुभकामनासहित सम्मान–पत्रले सम्मान गरेको हो । 

कार्यक्रममा केन्द्रिय सदस्यमा निर्वाचित तिम्सीना र कार्कीलाई शाखा अध्यक्ष नरेश ढुंगाना, उपाध्यक्ष भगिश्वर लिम्बु, सचिव प्रकाश धौलाकोटी, सहसचिव राजकुमार तेयुङ, पुर्वउपाध्यक्ष नरमाया श्रेष्ठ, प्रेश चौतारीका जिल्ला अध्यक्ष कृष्ण विदुखी गौतम, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष मनु याक्थुङवा लगायत जिल्ला शाखा कार्यसमिति सदस्य र सन्चारकर्मीहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुले तेह्रथुमबाट पहिलो पटक नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा प्रतिनिधित्व भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा शाखा अध्यक्ष ढुंगानाले केन्द्रिय सदस्य तिम्सीनालाई सम्मान पत्रले सम्मान समेत गर्नुभयो । कार्यक्रममा अनुपस्थित रहेका केन्द्रिय सदस्य लक्ष्मण कार्कीलाई भने शाखाका तर्फबाट बधाई र शुभकामनासहित सम्मान पत्र उपलब्ध गराउने शाखा सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्यमा निर्वाचित उद्धवप्रसाद तिम्सीनाले पत्रकार महासंघलाई नेपाली पत्रकारहरुको साझा र स्वच्छ संस्थाको रुपमा कायम राख्न महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । 

उहाँले प्रदेश नं. १ का श्रमजिवी पत्रकारहरुको हितमा आफुले जस्तो सुकै कदम सार्नपनि पछि नहट्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले पत्रकार महासंघमा निर्वाचित गराउने सबै मतदाता, सहयोगी, शुभेच्छुक र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्नुभयो । 

तिम्सीना पत्रकार महासंघको तेह्रथमु शाखाको दुई पटक अध्यक्ष भइसक्नुभएको छ । केन्द्रिय सदस्यमा निर्वाचित कार्की पत्रकार महासंघ, तेह्रथुम शाखाको केन्द्रिय पार्षद समेत हुनुहुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित