११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महासंघमा निर्वाचित दुई केन्द्रिय सदस्य सम्मानित

१० भाद्र २०७४, शनिबार १२:२५

भदौ १०, तेह्रथुम । नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले हालै काठमाडौँमा सम्पन्न २५ औँ राष्ट्रिय महाधिवेशनबाट जिल्लाबाट केन्द्रिय सदस्यमा निर्वाचित उद्धवप्रसाद तिम्सीना र लक्ष्मण कार्कीलाई सम्मान गरेको छ । 

सदरमुकाम म्याङलुङ्गमा एक कार्यक्रमको आयोजना गर्दै महासंघमा प्रदेश नं. १ बाट निर्वाचित तिम्सीना र खुला तर्फ सदस्य पदमा निर्वाचित कार्कीलाई बधाई तथा शुभकामनासहित सम्मान–पत्रले सम्मान गरेको हो । 

कार्यक्रममा केन्द्रिय सदस्यमा निर्वाचित तिम्सीना र कार्कीलाई शाखा अध्यक्ष नरेश ढुंगाना, उपाध्यक्ष भगिश्वर लिम्बु, सचिव प्रकाश धौलाकोटी, सहसचिव राजकुमार तेयुङ, पुर्वउपाध्यक्ष नरमाया श्रेष्ठ, प्रेश चौतारीका जिल्ला अध्यक्ष कृष्ण विदुखी गौतम, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष मनु याक्थुङवा लगायत जिल्ला शाखा कार्यसमिति सदस्य र सन्चारकर्मीहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुले तेह्रथुमबाट पहिलो पटक नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा प्रतिनिधित्व भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा शाखा अध्यक्ष ढुंगानाले केन्द्रिय सदस्य तिम्सीनालाई सम्मान पत्रले सम्मान समेत गर्नुभयो । कार्यक्रममा अनुपस्थित रहेका केन्द्रिय सदस्य लक्ष्मण कार्कीलाई भने शाखाका तर्फबाट बधाई र शुभकामनासहित सम्मान पत्र उपलब्ध गराउने शाखा सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्यमा निर्वाचित उद्धवप्रसाद तिम्सीनाले पत्रकार महासंघलाई नेपाली पत्रकारहरुको साझा र स्वच्छ संस्थाको रुपमा कायम राख्न महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । 

उहाँले प्रदेश नं. १ का श्रमजिवी पत्रकारहरुको हितमा आफुले जस्तो सुकै कदम सार्नपनि पछि नहट्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले पत्रकार महासंघमा निर्वाचित गराउने सबै मतदाता, सहयोगी, शुभेच्छुक र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्नुभयो । 

तिम्सीना पत्रकार महासंघको तेह्रथमु शाखाको दुई पटक अध्यक्ष भइसक्नुभएको छ । केन्द्रिय सदस्यमा निर्वाचित कार्की पत्रकार महासंघ, तेह्रथुम शाखाको केन्द्रिय पार्षद समेत हुनुहुन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो