२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रदेश समाचार

मधेसका तत्कालीन अर्थमन्त्रीलगायतविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

२२ जेष्ठ २०८२, बुधबार १६:२०

काठमाडौँ । सर्प विष संकलन तथा प्रशोधन केन्द्र स्थापनाको नाममा सरकारी रकम दुरुपयोग प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले मधेस प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मान बहादुर खड्कालगायतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

प्रकरण मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा आधारित छ। नेपाल सरकार र प्रदेश सरकारको लागत साझेदारीमा सर्प विष संकलन, प्रशोधन तथा उत्पादन केन्द्र निर्माण गर्न विनियोजित रकम झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालू नामक गैरसरकारी संस्थारकम्पनीलाई उपलब्ध गराइएको थियो। तर संस्थाको लागत साझेदारी शून्य रहेको अवस्थामा पनि रकम दिइएकाले यो कार्य प्रचलित कानुन विपरीत भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो।

२०८१ साल असार २५ गते, विशेष अदालत, काठमाडौंले सो मुद्दामा आंशिक सफाइ दिएपछि आयोगले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अख्तियारले प्रतिवादीहरूलाई कैद, जरिवाना तथा दुरुपयोग भएको रकम असुलउपर गर्न माग गर्दै पुनरावेदन दर्ता गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता