2026-09-05 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानको आइस्पेसको चन्द्र अभियान असफल

काठमाडौँ । शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ ।

टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इतिहास रच्ने आशा गरेको थियो।

तर ‘हाल उपलब्ध तथ्याङ्कको आधारमा आइस्पेशको ल्याण्डरले सम्भवतः ‘हार्ड ल्यान्डिङ’ गरेको छ,” जापानी अन्तरिक्ष कार्यक्रम (स्टार्टअप) जनाएको छ ।

“ल्यान्डरसँगको सम्पर्क पुनःस्थापित हुने सम्भावना कम छ”, आइस्पेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले मिसनलाई रद्द गर्ने निर्णय गरिएको छ ।”

जापानका लागि अघिल्लो चन्द्र अभियानमा मिलेको असफलताको ठीक दुई वर्षपछि यो असफलता हात लागेको हो ।

कम्पनीको मानवरहित लचिलो अन्तरिक्ष यानले आफ्नो कठिन अन्तिम अवतरण सुरु गरेको थियो । “यसको मुख्य इन्जिनलाई सफलतापूर्वक प्रक्षेपण गरेको थियो,” आईस्पेसले शुक्रबार भनेको छ।

मिसन कन्ट्रोलले ल्यान्डरको अवस्था ‘लगभग ठाडो’ भएको पुष्टि गरेको थियो तर त्यसपछि लयाण्डरको मिसन कन्ट्रोलसँगको सम्पर्क टुटेको थियो ।

“प्राविधिक समस्याका कारण ल्यान्डरले चन्द्रमामा अवतरणका लागि आवश्यक गति हासिल गर्न पर्याप्त गति लिन सकेन,” आइस्पेसले भनेको छ।

सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, चीन, भारत र हालै जापान गरी पाँच राष्ट्रले मात्र चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेका छन् ।

अन्तरिक्षमा सस्तो र अधिक बारम्बार पहुँचको प्रतिज्ञा गर्दै आजभोलि निजी कम्पनीहरू यस दौडमा सामेल भइरहेका छन् ।

यात्रामा ‘रेजिलिएन्स ल्याण्डर’मा लक्जमबर्गमा निर्मित माइक्रो रोवर, टेनासियस, हाइड्रोजन र अक्सिजनमा अणुहरू विभाजन गर्ने हाइड्रो इलेक्ट्रोलाइजर र खाद्य उत्पादन प्रयोग गर्ने यन्त्रका साथै अन्तरिक्षको जटिल विकिरण परीक्षण यन्त्रसहितका उपकरणहरू थिए ।

रोभरले स्वीडेनका कलाकार मिकेल गेनबर्गले डिजाइन गरेको सानो मोडलको घर ‘मुनहाउस’ पनि बोकेको थियो ।

“दोस्रो प्रयास असफल भएको तथ्यलाई म गम्भीरताका साथ लिन्छु”, प्रमुख कार्यकारी अधिकृत ताकेशी हाकामादाले भन्नुभयो, “तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो परिणामलाई भविष्यको अभियानहरूका लागि पाठका रूपमा लिइनेछ ।”

उहाँले अगाडि बढ्ने दृढ इच्छाशक्तिको वर्णन गर्दै थप्नुभयो, “हामीले के भयो सावधानीपूर्वक विश्लेषण गर्नुपर्दछ ।”

गत वर्ष ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन’ चन्द्रमामा पुग्ने पहिलो निजी कम्पनी बनेको थियो ।

यद्यपि यसको मानवरहित ल्यान्डरले अनौठो कोणमा अवतरण गरेको थियो तर यसका बाबजुत परीक्षणहरू पूरा गर्न र फोटोहरू प्रसारण गर्न सफल भएको थियो।

वासिङ्टनस्थित आइस्पेसको अमेरिकी शाखाले आयोजना गरेको वाच पार्टीसँगै शुक्रबारको प्रयासअघिको माहोल हर्षोल्लासपूर्ण थियो ।

सम्पर्क हराएपछि आईस्पेस प्रत्यक्ष प्रशारणका उद्घोषकहरूले एक सन्देशसहित हस्ताक्षर गरे जसमा भनिएको थियो, “कहिल्यै चन्द्र खोज नछोड्नुहोस्।”

यस अभियानले चन्द्रमामा माटोका दुई वटा नमूना सङ्कलन गरेर नासालाई पाँच हजार अमेरिकी डलरमा बेच्ने लक्ष्य राखेको थियो ।

नमूनाहरू चन्द्रमामा रहने भएपनि प्रतीकात्मक लेनदेनको उद्देश्य खगोलीय पिण्डहरूमा व्यापारिक गतिविधिलाई अनुमति दिनु पर्दछ भन्ने अमेरिकी अडानलाई बलियो बनाउनको लागि हो ।

चन्द्रमामा अवतरण गर्नु अत्यन्त चुनौतीपूर्ण छ किनकि अन्तरिक्ष यानले चन्द्रमाको भू–भागमा आफ्नो अवतरणलाई ढिलो गर्न ठीक नियन्त्रित ‘थ्रस्टर बर्निङ’मा भर पर्नुपर्छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको नजिक रहेको मोन्स माउटन पठार भनिने स्थानमा अवतरण गर्न डिजाइन गरिएको अन्तरिक्षयान एथेनाले सौर्य ऊर्जाबाट चल्ने ब्याट्रीलाई रिचार्ज गर्न नसकेपछि चन्द्रमामा अवतरण गर्ने ‘इन्ट्युटिभ मेशिन’को दोस्रो प्रयास मार्चको अन्त्यमा निराशामा समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ