१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

घुम्ती शिविरमार्फत १४ सय ९४ नागरिकता वितरण

१२ भाद्र २०७४, सोमबार ११:१६

भदौ १२, तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सबै स्थानीय तहका केन्द्रहरुमै पुगेर घुम्ती शिविरमार्फत करिब १५ सय जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले दुई सातासम्म जिल्लाका विभिन्न पाँच स्थानमा घुम्ती शिविरको आयोजना गर्दै १ हजार ४ सय ९४ जनालाई नागरिकता प्रमाण–पत्र प्रदान गरेको हो । 

नागरिकको घरदैलो मै पुगेर सरकारले प्रदान गर्ने आधारभूत सेवाहरु प्रदान गर्ने उदेश्य अनुरुप पछिल्ला दुई सातासम्म अभियानकै रुपमा घुम्ती शिविर सन्चालन गरी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकरीद्धय उमेश घिमिरे र जयप्रकाश बस्नेत सहित कर्मचारीहरुको टोलीले नगरपालिका र गाउँपालिकाका केन्द्रहरुमै पुगेर स्थानीयबासीलाई नागरिकता वितरण गरेको हो । 

टोलीले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा ५ दिनसम्म घुम्ती शिविर राखेर ४ सय ५७ जनालाई नागरिकता वितरण गरेको छ । 

यस्तै छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा ३ दिने शिविरमार्फत ३ सय ११ जना र लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा २ दिने शिविरमार्फत ५ सय २६ जनालाई नागरिकता वितरण गरिएको सप्रजिअ घिमिरेले बताए । यस्तै मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा ३ दिने शिविरमार्फत २ सय जनालाई नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । 

वर्षाका कारण गाउँबाट सदरमुकाम जान आउन कठिन भइरहेको समयमा जिल्ला प्रशासन कार्यालय आफँै गाउँ आएर सेवा प्रदान गरेपछि गाउँबासी समेत खुसी भएका छन् । जिल्लाका सबै सडक दुई महिना यता वर्षाले क्षतिग्रस्त बनेपछि ठप्प बनेका छन् । 

स्थानीयबासीहरु सदरमुकाम र पुर्वी तराईसम्म यात्रा गर्न सास्ती बेहोर्न बाध्य छन् । प्रशासनले सन्चालन गरेको घुम्ती शिविरले दुर्गम गाउँका बासिन्दालाई भने निकै राहत मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर) मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा