२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम

२५ जेष्ठ २०८२, शनिबार १४:०६
काठमाडौँ | झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पु¥याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफँै कखरा सिक्दै हुनुहुन्छ ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो । सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ ।
बागलुङ सदरमुकामबाट १० मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका–३ खहरेका १० जना आमा भर्खर कखरा सिक्दै हुनुहुन्छ । उहाँहरु  आफ्नो नाम लेख्न सक्षम हुनुभएको छ ।
खहरेको वसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना हुनुभएको छ ।
कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जनामात्रै विद्यार्थी छन् । १० जना आमा थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन सुरु गरेको हो । घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उहाँहरु साँझ बिहान नातीनातिनासँगै गृहकार्य गर्ने गरेको बताउनुहुन्छ ।
छपन्न वर्षमा कक्षा १ मा भर्ना हुनुभएकी खिमकुमारी कार्की गाउँमा प्रौढकक्षामा आफूले पढ्न नपाएको भए पनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताउनुहुन्छ । अहिले फोटो हेरेर फोन गर्छु उहाँले भन्नुभयो, अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैँले अक्षर चिनेर फोन गर्ने इच्छा छ । किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उहाँ  धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित हुनुहुन्छ ।
लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी घटेर सङ्कटमा परेपछि विद्यालय जोगाउन आफैँले पढ्न सुरु गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताउनुभयो । अक्षर नचिनेका आमाहरुलाई पढ्नेलेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद् भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताउनुहुन्छ । बालशिक्षामा बर्सेनि १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्नेबेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने