2026-10-22 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।

यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।

गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताउनुभयो ।

यो समूहले गाजामा बन्दी बनाइएका बन्धकहरूसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो भने उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो ।

“त्यो आक्रमणले उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा उत्पन्न गरेको चरम खतराहरूलाई जोड दिएको छ”, ट्रम्पले भन्नुभयो ।

ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाउनुभएको छ । ती देशबाट केही अस्थायी कार्य भिसाहरूलाई अनुमति दिइनेछ ।

ट्रम्पले संसारभरि खतराहरू देखा पर्दै गए अनुसार नयाँ मुलुक थप्न सकिने चेतावनी दिनुभयो ।

– विश्वकप, ओलम्पिक, कूटनीतिज्ञहरू बाहिर –

यो प्रतिबन्ध सन् २०२६ को विश्वकप वा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा लागू नहुने ट्रम्पको आदेशमा भनिएको छ । विश्वकप संयुक्त राज्य अमेरिकाले क्यानाडा र मेक्सिकोसँग सह–आयोजना गर्दैछ ।

आदेश लक्षित देशका कूटनीतिज्ञहरूमा पनि लागू हुनेछैन ।

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले ‘नयाँ यात्रा प्रतिबन्धको व्यापक र फराकिलो प्रकृतिले अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट चिन्ता उत्पन्न गरेको’ चेतावनी दिनुभयो ।

अमेरिकी डेमोक्रेटिक सांसद र निर्वाचित अधिकारीहरूले प्रतिबन्धलाई कठोर र असंवैधानिक भन्दै आलोचना गरेका छन् ।

“मलाई ट्रम्पको क्रूर र विदेशविरोधी यात्रा प्रतिबन्धहरूले दिने पीडा थाहा छ किनभने मेरो परिवारले यसलाई प्रत्यक्ष महसुस गरेको छ”, इरानी–अमेरिकी सांसद यासामिन अन्सारीले आइतबार एक्समा भन्नुभयो, “हामी यो प्रतिबन्धसँग हाम्रो सबै शक्तिले लड्नेछौँ ।”

कोलोराडो आक्रमणपछि नयाँ यात्रा प्रतिबन्धको अफवाह फैलिएको थियो । ट्रम्पको प्रशासनले भिसामा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ‘आतङ्ककारीहरू’ लाई पछ्याउने वाचा गरेको थियो ।

अमेरिकी अधिकारीहरूले अदालतको कागजातअनुसार संदिग्ध इजिप्टका नागरिक मोहम्मद साब्री सोलिमन अवैध रूपमा पर्यटक भिसामा बसेको तर सन् २०२२ सेप्टेम्बरमा शरणका लागि आवेदन दिएको बताएका छन् ।

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धमा विशेष गरी इजिप्ट समावेश छैन ।

उहाँको घोषणाले तालिबान शासित अफगानिस्तान र युद्धग्रस्त लिबिया, सुडान, सोमालिया र यमनमा राहदानी प्रशोधन र जाँचका लागि ‘सक्षम’ केन्द्रीय अधिकारीहरूको अभाव रहेको बताएको छ ।

“इरानलाई समावेश गरिएको थियो किनभने यो ‘आतङ्कवादको राज्य प्रायोजक’ हो”, आदेशमा भनिएको छ ।

अन्य देशका लागि ट्रम्पको आदेशले मानिसहरूले आफ्ना भिसाहरूको अवधि नाघ्ने औसतभन्दा बढी सम्भावनालाई उद्धृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ