2026-06-27 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसी आक्रमणपछि सर्बियाका नेताको पहिलो युक्रेन भ्रमण

रुससँग बलियो सम्बन्ध राख्ने सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिकले सन् २०२२ मा रुसले आक्रमण गरेपछि पहिलो पटक बुधबार युक्रेनको भ्रमण गर्ने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ ।

रुससँग नजिकको ऐतिहासिक सम्बन्ध भएको यस बाल्कन राष्ट्रले युक्रेनमा मस्कोको तीन वर्षको आक्रमणमा तटस्थताको आधिकारिक नीति कायम राखेको छ र दुवै पक्षलाई हतियार दिएको कुरा अस्वीकार गरेको छ ।

तर हालैका दिनहरूमा रुसले सर्बियाली हतियार कम्पनीहरूमाथि युक्रेनलाई हतियार बेचेर ‘रुसको पिठ्युँमा छुरा प्रहार गर्ने प्रयास’ गरेको आरोप लगाएको छ ।

त्यसको केही हप्ताअघि भुसिक नाजी जर्मनीमाथि रुसको विजयका लागि मस्कोको रेड स्क्वायरमा ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनुभएको थियो ।

“सर्बियाली गणतन्त्रका राष्ट्रपतिले बुधबार जुन ११ का दिन युक्रेनको भ्रमण गर्नुहुनेछ, त्यहाँ उहाँले युक्रेन–दक्षिणपूर्वी युरोप शिखर सम्मेलनमा भाग लिनुहुनेछ”, राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

सर्बिया र युक्रेनले किएभले सर्बियाली हतियार प्रयोग गरेको पुष्टि वा अस्वीकार दुवै गरेका छैनन् ।

तीन वर्षअघि मस्कोले आक्रमण गरेपछि सर्बियाका राष्ट्रप्रमुखको युक्रेनको यो पहिलो भ्रमण हुनेछ ।

भुसिकले परम्परागत सहयोगी रुस र युरोपेली सङ्घ (इयु) मा सामेल हुने सर्बियाको चाहनाबीच सन्तुलन मिलाउने प्रयास गर्नुभएको छ । इयु आक्रमणकारी रुसी सेनाविरुद्धको युद्धमा युक्रेनका मुख्य समर्थकहरूमध्ये एक हो ।

विशेष गरी सन् १९९९ मा कोसोभो युद्धको समयमा रक्षा सङ्गठनले सर्बियाली सेनामाथि बमबारी गरेपछि सर्बिया र रुस दुवैले नाटोप्रति घृणा र अविश्वास साझा गर्छन् ।

युक्रेनमा रुसको आक्रमणका बावजुद सर्बियाले संयुक्त राष्ट्रसङ्घमा आफ्नो लामो समयदेखिको सहयोगीविरुद्ध मतदान गरे पनि मस्कोसँगको सम्बन्ध तोड्न अस्वीकार गरेको छ ।

बेलग्रेड रुसबाट किन्ने सस्तो ग्यासमा अत्यधिक निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश