2026-09-11 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम

काठमाडौँ | यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेहेन्दार, विपन्न एवम् सीमान्कृत वर्गका विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न प्रदेशका ३४ वटा सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएका छन् । “पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि र आर्थिक स्तरीकरणसमेतमा सहयोग पुग्ने विश्वास छ ।”

उक्त कार्यक्रममा दुई हजार ५०० विद्यार्थीले सहभागिता जनाएका छन् । प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रम सुरुको अवस्थामा प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ र त्यसपछि प्रतिवर्ष दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिँदै आएको निर्देशक पौडेलले बताउनुभयो । प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक÷एक ‘स्टिमल्याब’ स्थापना गरी सो कार्यक्रम सञ्चालन गरिएका छन् ।

नवलपुर जिल्लाको देउचुली नगरपालिकास्थित भिमसेन आदर्श माविमा उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले नौमती बाजा एवम् मौरीपालन गरी आयआर्जन गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन भएसँगै सो विद्यालयमा यसवर्ष १५० जना विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।

बास्तोलाले भन्नुभयो, “प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, लक्षित समुहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पुरा गर्ने दर बृद्धि गर्न छात्रवृत्ति कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।”

विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सीपसँग जोड्ने काम गरिरहेका छन् । विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र तरकारीखेती, हस्तकलाका सामग्री उत्पादन, पशुपालनलगायत गर्दै आएका छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कार्यक्रममा सहभागी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस