२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

धार्मिक पर्यटन प्रवद्र्धन गर्न गुम्बा निर्माण

३० जेष्ठ २०८२, बिहीबार ११:४६
काठमाडौँ । भोजपुरको  षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।
भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।
करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले रु पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
पहिलाको पुरानो गुम्बा २०७२  सालको भूकम्पले जीण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उहाँको भनाइ छ । “हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौँ” वडाध्यक्ष शेर्पाले भन्नुभयो,“यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ । भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो । वडाको धेरै मेहनत पश्चात यहाँ गुम्बा बनाउन सफल भएका छौँ ।”
गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पा जानकारी दिनुभयो । भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताउनुभयो ।
वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एक सय २० बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उहाँको भनाइ छ । गुम्बामा प्रत्येक महिनामा सबैजना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताउनुभयो ।
“विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो” उहाँले भन्नुभयो,“गुम्बा जीर्ण हुँदाभित्र पसेर पूजाआजा गर्न जोखिम थियो । अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहजता भएको छ । गाउँका सबै जना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ ।”
नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवद्र्धनका लागिसमेत टेवा पुग्ने शेर्पाले बताउनुभबयो ।
–––––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने