११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाढीले परवलखेती नष्ट भएपछि कृषक निरास

१५ भाद्र २०७४, बिहीबार ०६:४५

अजितकुमार झा । भदौ १५,सुनसरी । सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ । 

परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उहाँको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उहाँले करिब १० कट्ठा जग्गामा परवल खेती गर्नुभएको थियो । बाढीको पानी खेतमा तीन÷चार दिन जमेपछि परबल खेती उहाँको पनि सुक्न थालेको छ । परवलखेती सुक्न थालेपछि अहिले कसरी घर परिवार चलाउने भने चिन्ताले उहाँलाई पिरोली रहेको छ उहाँलाई । 

उहाँहरु जस्तै सो क्षेत्रका सयौँ कृषकले लगाएको परबल खेतीमा बाढीको पानी जमेका कारण सुक्न थालेपछि स्थानीय कृषक चिन्तित भएका छन् । विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन श्रीपुरजब्दी, हरिपुर, पश्चिमकुशहा गाविस पूर्ण प्रभावित र लौकही गाविस आंशिक प्रभावित भएको थियो । 

प्रभावित भएको क्षेत्रमा रहेका अधिकांश जग्गा बगरमा परिणत भएपछि स्थानीयले विकल्पको रुपमा परबलखेती गर्दै आएका छन् । तर त्यो परबलमा पनि बाढीको पानी जमेर सखाप बनाएपछि आफूहरुलाई घर परिवार चलाउन र केटाकेटीको स्याहारसुसार गर्न समस्या भएको स्थानीय दिलीप यादवको भनाइ छ । 

यादवको समस्या जस्तै छ स्थानीय वीरेन्द्र यादवको पनि । उहाँले एक बिगाहा जग्गामा परबलखेती गर्नुभएको थियो । तर उहाँको खेतमा पनि पानी जमेका कारण परबल सुक्न थालेपछि उहाँ निरास हुनुभएको छ । एक बिगाहामा लगाएको परबलबाट एक वर्षमा रु तीन लाखसम्म आम्दानी गरेकोमा यसपटक त्यो आम्दानी गुमेको वीरेन्द्र यादवको भनाइ छ । 

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीका प्रमुख राजकान्त झाले जिल्लामा करिब १५ हेक्टर क्षेत्रफलमा लगाएको परबलखेती नष्ट हुँदा रु ७० लाख बराबरको क्षति भएको बताउनुहँुदै यस आर्थिक वर्षमा अनुदान प्रदान गरी पुनः खेतीतर्फ आकर्षित गर्ने बताउनुभयो । 

कोशी बाढीको पीडामा केही मल्हम लगाउने कार्य जस्तो हुने गरी परबलखेती गरिरहेका स्थानीय किसानले यसपालीको डुबानले त्यो परबल पनि नष्ट भएपछि किसान थप निरास बनेका छन् । 

त्यसैले, परबल किसानलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने स्थानीय कृषकले माग गरेका छन् । राज्यले तरकारी बाली उत्पादक किसानलाई सहयोग गर्नु आवश्यक छ भने डुबान कटान क्षेत्रमा व्यवस्थित खेतीका लागि समेत पहल गर्नु जरुरी छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह