भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तरकारीखेतीले फेरियो कञ्चनपुरका मुक्तकमैयाको दैनिकी

१५ भाद्र २०७४, बिहीबार ०९:०८

भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गर्नुभयो । 

मजदुरी गरेर चौधरीले दैनिक रु २०० मात्रै कमाइ गर्नुहुन्थ्यो । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उहाँले व्यावसायिक तरकारीखेतीलाई अंगाल्नुभएको हो । “तरकारीखेती गरेर परिवार पाल्न सहज भएको छ,” उहाँले भन्नुभयो । 

थोरै जग्गा भएपछि उहाँले वार्षिक रु एक लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिनुभएको छ । तरकारीखेती गरेर उहाँले वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । 

बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आउनुभएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्नुहुन्छ । छजनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उहाँको भनाइ छ । 

पक्की घर निर्माणका लागि रु पाँच लाखभन्दा बढी रकम बैंकमा बचत गरेको चौधरीले बताउनुभयो । “तरकारीखेतीकै रु एक लाख ६० रकम खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएर अतिरिक्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो । 

यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गरिबी निवारण कोषबाट पहिलो वर्ष रु तीस हजार तरकारीखेतीका लागि ऋण लिनुभएका चौधरीले रु दुई लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गर्नुभएको छ । 

भूमि सुधार कार्यालयले पुनःस्थापन हँुदा उपलब्ध गराएको पाँच कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक रु १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उहाँले विस्तार गर्नुभएको छ । हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक रु दुई हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर रु एक हजार ५०० दैनिक कमाइ हुने गरेको छ । 

तरकारी बेचेको रकमले छजना परिवारको खर्च कटाएर वार्षिकरुपमा रु दुई लाख बैंकमा बचत गर्दै आएको उहाँले बताउनुभयो । बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उहाँले बनाउनुभएको छ । तरकारीखेतीमा संलग्न चौधरी बस्तीमै सबैभन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । बस्तीका प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह