Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएका १८७ शिक्षक तथा कर्मचारी विश्वविद्यालयमा नफर्किएको पाइएको छ। त्रिविले गठन गरेको खोज समितिको प्रतिवेदनमा सो तथ्य बाहिरिएको हो।

समन्वय महाशाखा प्रमुख तथा समितिका सदस्य सचिव दीपक तिवारीका अनुसार २३१ जनाले अध्ययन बिदा लिएर अध्ययन गरे पनि धेरैले उत्तीर्ण प्रमाणपत्र पेस गरेका छैनन्।

प्रतिवेदन अनुसार १८७ जना अध्ययनपछि फर्किएका छैनन् भने २१३ जनाले उत्तीर्ण प्रमाणपत्र नबुझाएको उल्लेख छ।

त्रिवि पदाधिकारीहरूले सोही समितिलाई तत्काल पुनः प्रमाणीकरण र थप छानबिनको जिम्मेवारी दिएका छन्।

छानबिनका लागि त्रिविले डा. जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा कृष्णहरि आचार्य सदस्य र दीपक तिवारी सदस्य सचिव रहेका छन्।