२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु

२०८२, १ असार आईतवार १२:०२

भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय क्षेत्रमा यात्रु विमान ठोक्किँदा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएकोमा आफन्तहरूले शोक व्यक्त गर्दा यो घातक दुर्घटना भएको हो ।

उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटनामा पाइलट र सबै छ जना यात्रुको मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले एएफपीलाई बताउनुभयो ।

राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ‘अत्यन्त दुःखद समाचार’ पछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको बताउनुभयो ।

जिल्ला पर्यटन अधिकारी राहुल चौबेका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्छ ।

केदारनाथ मन्दिर तीन हजार पाँच सय ८४ मिटर (११ हजार सात सय ५९ फिट) उचाइमा अवस्थित छ र गर्मीको समयमा यहाँ पहुँच सम्भव हुँदा तीर्थयात्रीहरूको भीड लाग्छ ।

हेलिकप्टर चार्टर फर्महरूको कुटीर उद्योग भारतीय हिमालयका तीर्थस्थलहरू भ्रमण गर्न चाहने तर कठिन पदयात्राबाट बच्न रुचाउने धनी तीर्थयात्रीहरूलाई सेवा दिन विकसित भएको छ ।

गत महिना मन्दिर जाने बाटोमा भएको अर्को हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले