२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलसँगको तनावबीच, इरान–चीन बीच टेलिफोन वार्ता

२०८२, १ असार आईतवार १४:४२

काठमाडौँ । इजरायल र इरानबीचको बढ्दो तनावका बीच चीनका विदेशमन्त्री वाङ यी र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीबीच टेलिफोन वार्ता भएको छ। चीनको विदेश मन्त्रालयले शनिबार दुवै पक्षबीच क्षेत्रीय अवस्था र पछिल्ला घटनाक्रमबारे कुराकानी भएको प्रेस विज्ञप्तिजारी गरी जनाएको छ।

विज्ञप्तिअनुसार, इरानका विदेशमन्त्री अराघचीले इजरायली आक्रमणमा इरानी सैनिक र सर्वसाधारणको ज्यान गएको जानकारी दिएका छन्। उनका अनुसार, इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय कानुन कानुनविरुद्ध हो। साथै, उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलमाथि दबाब दिई सैन्य कारबाही रोक्न सामूहिक अपिल गर्न आग्रह गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले सुरुदेखि नै इरानमाथिको आक्रमणप्रति आफ्नो स्पष्ट विरोध जनाएको बताए। उनले इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डतामाथिको उल्लंघनका रूपमा उक्त घटनालाई लिएको उल्लेख गरेका छन्।

चीनले यस्ता गतिविधि नियन्त्रणमा ल्याउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित शक्तिशाली राष्ट्रहरूलाई शान्ति स्थापनाका लागि पहल गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन