३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीको बजेटमा माओवादीको असहमति, प्रदेशसभा बैठक अन्योलमा

१ असार २०८२, आईतवार १६:३५

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को असहमति देखिएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ।

माओवादीले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने निर्णय जनाएको छ। माओवादी संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलले संसद्मा व्यक्त गरेको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस भएका योजनाहरू बजेटमा समावेश नहुँदासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

आइतबार दिउँसो २ बजे प्रदेशसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। तर माओवादीको असहमतिको कारण बैठक सुरु हुन सकेको छैन। हाल कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ र सहमतिको प्रयास जारी रहेको बताइएको छ।

सत्तारुढ एमालेले भने बजेट पेश नहुँदै विरोध गर्नु उपयुक्त नभएको बताएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार आइतबार दिउँसो २ बजे बसेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेको छ। संसद्मा प्रस्तुत गर्नु अगावै बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उनले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन