2026-10-22 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने नक्कली समाचारको पाकिस्तानद्वारा खण्डन

पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गर्नुभएको छ ।

उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नाममा गलत रूपमा दाबी गरेको थियो ।

सोमबार सिनेटमा बोल्दै दारले बढ्दो क्षेत्रीय तनावका सन्दर्भमा गलत सूचनाको प्रसारको निन्दा गर्नुभयो र इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयमता अपनाउन आग्रह गर्नुभयो ।

“पाकिस्तानले त्यस्तो कुनै बयान दिएको छैन । यो अत्यन्त गैरजिम्मेवार र बनावटी दाबी हो”, उहाँले भन्नुभयो ।

उहाँले ‘युद्ध कुनै मजाक होइन’ भनी चेतावनी दिनुभयो र देशको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू विशुद्ध रूपमा आत्मरक्षाका लागि भएको कुरा दोहोर्‍याउनुभयो ।

“हाम्रो आणविक र क्षेप्यास्त्र कार्यक्रम हाम्रो आफ्नै सुरक्षाका लागि हो”, उहाँले सांसदहरूलाई भन्नुभयो, “हामीले सन् १९९८ मा हाम्रा आणविक हतियारहरू रक्षा र क्षेत्रीय शान्तिका लागि हुन् भनेर भनेका थियौँ । हामीले एनपिटी (आणविक हतियारको अप्रसार) मा हस्ताक्षर गरेका छैनौँ किनभने हाम्रो सुरक्षाका लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा श्रेय दिइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको भिडियो र पाकिस्तानको आणविक मुद्राका बारेमा गलत जानकारीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारको पनि आलोचना गर्नुभयो ।

“त्यहाँ ट्रम्पका बारेमा एक भिडियो क्लिप थियो जुन पछि एआई–जेनेरेटेड भएको पत्ता लाग्यो”, उहाँले भन्नुभयो, “जुन १३ देखि धेरै नक्कली कथाहरू सतहमा आएका छन् । प्रसारण भइरहेको नेतान्याहु (इजरायली प्रधानमन्त्री) को अन्तर्वार्ता सन् २०११ को हो । यो बालबालिकाको खेल होइन — यो गम्भीर युद्ध हो । हामीले सावधानीका साथ काम गर्नुपर्छ ।”

पाकिस्तानले रचनात्मक कूटनीतिक भूमिका खेलेको पनि उहाँले स्पष्ट पार्नुभयो । “हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिवेशनमा सहभागिता जनायौँ । इरानले पाकिस्तानको भूमिकाको प्रशंसा गरेको छ”, दारले भन्नुभयो, “ओमान र इरानका विदेशमन्त्रीहरूले मलाई जानकारी गराउनुभयो । वार्ताका क्रममा इरानका विदेशमन्त्री निरन्तर सम्पर्कमा रहनुभयो ।”

यदि इजरायल थप आक्रमणबाट टाढा रह्यो भने इरान वार्ताका लागि खुला रहेको दारले खुलासा गर्नुभयो । “पहिलो आक्रमणपछि मैले इरानका विदेशमन्त्रीसँग कुरा गरेँ । उहाँले भन्नुभयो कि उहाँहरूले जवाफ दिनुहुनेछ तर इजरायलले फेरि जवाफ नदिएमा वार्ताका लागि तयार हुनुहुन्छ । हामीले यो इच्छा अन्य राष्ट्रहरूलाई सूचित गर्‍यौँ । इजरायललाई रोक्न अझै समय छ–इरान तयार छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ