2026-09-05 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने नक्कली समाचारको पाकिस्तानद्वारा खण्डन

पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गर्नुभएको छ ।

उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नाममा गलत रूपमा दाबी गरेको थियो ।

सोमबार सिनेटमा बोल्दै दारले बढ्दो क्षेत्रीय तनावका सन्दर्भमा गलत सूचनाको प्रसारको निन्दा गर्नुभयो र इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयमता अपनाउन आग्रह गर्नुभयो ।

“पाकिस्तानले त्यस्तो कुनै बयान दिएको छैन । यो अत्यन्त गैरजिम्मेवार र बनावटी दाबी हो”, उहाँले भन्नुभयो ।

उहाँले ‘युद्ध कुनै मजाक होइन’ भनी चेतावनी दिनुभयो र देशको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू विशुद्ध रूपमा आत्मरक्षाका लागि भएको कुरा दोहोर्‍याउनुभयो ।

“हाम्रो आणविक र क्षेप्यास्त्र कार्यक्रम हाम्रो आफ्नै सुरक्षाका लागि हो”, उहाँले सांसदहरूलाई भन्नुभयो, “हामीले सन् १९९८ मा हाम्रा आणविक हतियारहरू रक्षा र क्षेत्रीय शान्तिका लागि हुन् भनेर भनेका थियौँ । हामीले एनपिटी (आणविक हतियारको अप्रसार) मा हस्ताक्षर गरेका छैनौँ किनभने हाम्रो सुरक्षाका लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा श्रेय दिइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको भिडियो र पाकिस्तानको आणविक मुद्राका बारेमा गलत जानकारीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारको पनि आलोचना गर्नुभयो ।

“त्यहाँ ट्रम्पका बारेमा एक भिडियो क्लिप थियो जुन पछि एआई–जेनेरेटेड भएको पत्ता लाग्यो”, उहाँले भन्नुभयो, “जुन १३ देखि धेरै नक्कली कथाहरू सतहमा आएका छन् । प्रसारण भइरहेको नेतान्याहु (इजरायली प्रधानमन्त्री) को अन्तर्वार्ता सन् २०११ को हो । यो बालबालिकाको खेल होइन — यो गम्भीर युद्ध हो । हामीले सावधानीका साथ काम गर्नुपर्छ ।”

पाकिस्तानले रचनात्मक कूटनीतिक भूमिका खेलेको पनि उहाँले स्पष्ट पार्नुभयो । “हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिवेशनमा सहभागिता जनायौँ । इरानले पाकिस्तानको भूमिकाको प्रशंसा गरेको छ”, दारले भन्नुभयो, “ओमान र इरानका विदेशमन्त्रीहरूले मलाई जानकारी गराउनुभयो । वार्ताका क्रममा इरानका विदेशमन्त्री निरन्तर सम्पर्कमा रहनुभयो ।”

यदि इजरायल थप आक्रमणबाट टाढा रह्यो भने इरान वार्ताका लागि खुला रहेको दारले खुलासा गर्नुभयो । “पहिलो आक्रमणपछि मैले इरानका विदेशमन्त्रीसँग कुरा गरेँ । उहाँले भन्नुभयो कि उहाँहरूले जवाफ दिनुहुनेछ तर इजरायलले फेरि जवाफ नदिएमा वार्ताका लागि तयार हुनुहुन्छ । हामीले यो इच्छा अन्य राष्ट्रहरूलाई सूचित गर्‍यौँ । इजरायललाई रोक्न अझै समय छ–इरान तयार छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ