2026-09-05 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ ।

“आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेख्नुभएको छ, “आवासीय भवन, शैक्षिक संस्था र महत्त्वपूर्ण पूर्वाधार सुविधाहरू“ सबै प्रभावित भएका छन् । मृतकको सङ्ख्या १४ पुगेको छ । अहिलेसम्म किएभमा ४४ जना घाइते भएका छन् ।”

ओडिसामा अन्य छ जना र चेर्निगिभमा अर्का एक जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।

किएभका मेयर भिटाली क्लिट्स्कोले यसअघि राजधानीको सोलोम्यान्स्की जिल्लामा रुसी आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिनुभएको थियो ।

“किएभमा भएको आक्रमणका क्रममा… घाइतेहरूलाई चिकित्सकले सहयोग गरिरहेको ठाउँको विपरीत घरमा ६२ वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकले ‘किएभमा आवासीय भवनहरू’ मा नयाँ रूसी आक्रमणको निन्दा गर्दै टेलिग्राममा मस्कोले ‘नागरिकहरू विरुद्धको युद्ध जारी राखेको’ बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरे तापनि मस्कोले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।

वार्ता रोकिएको छ । मस्कोले किएभ र उसका युरोपेली सहयोगीहरूले माग गरेको ‘बिना शर्त’ युद्धविरामलाई अस्वीकार गरेको छ भने युक्रेनले रुसको मागलाई ‘अल्टिमेटम’ भनेर खारेज गरेको छ ।

सोमबार जेलेन्स्कीले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जी–७ शिखर सम्मेलनको छेउमा कुरा गर्ने आशा गरेको बताउनुभएको थियो ।

तर युक्रेनी नेता अमेरिकी राष्ट्रपतिको प्रस्थानपछि जी–७ मा आइपुग्ने अपेक्षा गरिएको थियो । तर इजरायलले इरानमा आक्रमण बढाउँदा ट्रम्पले आफ्नो बसाइ छोटो पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ