Skip to content
Friday, July 17, 2026 Nepali Online Media

टिकटक अमेरिकामा अर्को तीन महिना सम्म चल्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । अमेरिकामा टिकटक एप्लिकेसन अर्को तीन महिना (९० दिन) सम्म चल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष कार्यभार सम्हालेपछि तेस्रोपटक यसको म्याद थप गर्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लिभिटले मंगलबार भनिन्, “राष्ट्रपति ट्रम्पले यो हप्ता टिकटक चलिरहन दिने उद्देश्यले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् ।”

चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले जनवरीको म्यादसम्म अमेरिकी कम्पनीलाई यो एप बेच्न अस्वीकार गरेपछि यसलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी थियो ।

यसको बारेमा टिप्पणीका लागि बीबीसीले गरेको अनुरोधलाई टिकटक र बाइटडान्सले तुरुन्तै कुनै प्रतिक्रिया दिएनन् ।

९० दिन म्याद थप्ने निर्णयले यो सम्झौता पूरा गर्न सुनिश्चित गर्ने लिभिटले बताइन् । यसले गर्दा अमेरिकी नागरिकले आफ्नो डाटा सुरक्षित रहेको विश्वासमा टिकटक प्रयोग गर्न जारी राख्नसक्ने उनले बताएकी छिन् ।

लिभिटको यो घोषणाभन्दा अगाडि नै ट्रम्पले बीबीसीलाई सम्भवत उनले टिकटकको म्याद थप्ने बताएका थिए ।