2026-09-11 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ

काठमाडौँ । कैलाली कारागारमा एक कैदीको मृत्यु भएपछि नेपाल प्रहरीले प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिस सिंह पालीको मृत्युपछि उठेको प्रश्न र पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई नाथलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले पीडित पक्षको किटानी जाहेरीका आधारमा नाथलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। मृतक पालीसँग सम्बन्धित बैंकिङ्ग कसुर मुद्दाका वादी पनि नाथ नै थिए। सोही मुद्दामा जिल्ला अदालतले २०८० साल फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

पालीकी श्रीमती जानकी साउँदले सई नाथको योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउँदै कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन्। तर, प्रहरीले जाहेरी पुनः संशोधन गरी ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र औपचारिक जाहेरी दर्ता गरिएको हो।

प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि सई नाथलाई नियन्त्रणमा लिएको र पीडित पक्षले शव बुझ्न सहमति जनाएको छ। सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको शवको पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि परिवारलाई बुझाइने प्रहरीले जानकारी दिएको छ।

डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइएको थियो। ३१ गते शनिबार परेकाले उनलाई अदालतमा १ असारमा मात्र पेश गरिएको थियो। सोही दिन अदालतको आदेशपछि जिल्ला कारागार चलान गरिएको पाली २ गते राति साढे १० बजे बाथरुम नजिकै अचेत अवस्थामा फेला परेका थिए। अस्पताल लगिएको केही समयमै उनको मृत्यु भएको थियो।

मृतकका शरीरमा चोटपटक देखिएको उल्लेख गर्दै परिवारले घटनालाई योजनाबद्ध हत्या भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस