२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

प्रतिपक्षी अनुपस्थित नभएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगन

२०८२, ५ असार बिहीबार १८:०९
कर्णाली । कर्णाली प्रदेशसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी दलका सांसद बस्ने कुर्सी खाली भएको उल्लेख गर्दै सभाको परम्परा र कानुनी प्रावधानअनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिनुभयो । नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गर्नुभयो ।
कर्णाली प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूहरुले उठाएको विषय सम्बोधन नगरी बजेट ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कानुनसम्मत छैन, सरकार असफल भएसक्यो ।”
माओवादी केन्द्रले ‘आयोजना बैंक’लगायतका विषयमा असहमति जनाएपछि भएको ढिलाइले असार १ गते प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गरेको थियो ।संवैधानिक व्यवस्थाका कारण बजेट प्रस्तुत गर्न दिए पनि आफूले उठान गरेका विषय सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि नबढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा