२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक

८ असार २०८२, आईतवार १५:५६
काठमाडौँ । इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरको आपत्कालीन बैठक बोलाउने
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले पश्चिम एसियामा भइरहेका घटनाक्रमका कारण आपत्कालीन बैठक बोलाएको यसका महानिर्देशक राफेल ग्रोसीले आइतबार बताउनुभएको छ ।
एक्समा एक पोस्टमा ग्रोसीले भन्नुभयो, “इरानको आपत्कालीन अवस्थाका कारण म भोलिका लागि आइएइए को बोर्ड अफ गभर्नरहरूको आपत्कालीन बैठक बोलाउँदैछु ।”
आइएइएले आइतबार फोर्डोको भूमिगत संवर्धन सुविधासहित इरानका तीन प्रमुख आणविक साइटहरूमा हालैका आक्रमणहरूपछि साइट बाहिरको विकिरणको स्तरमा कुनै वृद्धि नभएको पुष्टि गरेको छ ।
“फोर्डोसहित इरानका तीनवटा आणविक स्थलमा आक्रमणहरूपछि यस समयसम्म साइट बाहिर विकिरणको स्तरमा कुनै वृद्धि भएको रिपोर्ट नभएको आइएइएले पुष्टि गर्नसक्छ । थप जानकारी उपलब्ध हुँदै जाँदा आइएइएले इरानको अवस्थाका बारेमा थप मूल्याङ्कनहरू प्रदान गर्नेछ”, एजेन्सीले एक वक्तव्यमा भन्यो ।
आइएइएको यो वक्तव्य नतान्ज, इस्फाहान र फोर्डोमा आणविक सुविधाहरूलाई लक्ष्य बनाउँदै संयुक्त राज्य अमेरिका र इजरायलका भारी सैन्य आक्रमणहरूपछि आएको हो । आक्रमणहरूमा नर्थरोप ग्रुम्यानद्वारा निर्मित बी–२ स्पिरिट बमवर्षकहरू संलग्न थिए ।
इरानले आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै निन्दा गरेको छ र आफ्नो आणविक कार्यक्रम जारी राख्ने वाचा गरेको छ ।
इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) ले जारी गरेको एक वक्तव्यले आइतबार बिहान इरानका आणविक स्थलहरू ‘बर्बर आक्रमणको अधीनमा थिए–अन्तर्राष्ट्रिय कानून, विशेष गरी एनपिटी (आणविक अप्रसार सन्धि) को उल्लङ्घन गर्ने कार्य’ भएको पुष्टि गरेको छ ।
“अन्तर्राष्ट्रिय नियमहरू उल्लङ्घन गर्ने यो कार्य दुर्भाग्यवश अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को उदासीनता र यहाँसम्म कि सहभागितामा भएको हो”, एइओआई भन्यो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सैन्य कारबाहीको प्रशंसा गर्दै इरानी आणविक सुविधाहरूलाई लक्षित गर्ने ट्रम्पको साहसी निर्णयले इतिहास परिवर्तन गर्ने बताउनुभएको छ ।
इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ र अब अमेरिका इजरायलको समर्थनमा सामेल भएको छ ।
यसैबीच इरानी मिसाइल आक्रमणले इजरायलमा नागरिकहरूलाई घाइते बनाएको केही समयपछि इजरायली वायुसेनाले आइतबार पश्चिमी इरानमा सैन्य स्थलहरूलाई लक्ष्य बनाउँदै नयाँ लहरको हवाई आक्रमण सुरु गरेको छ ।
इजरायलले जुन १३ मा इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामको व्यापक हवाई आक्रमण गरेपछि इजरायल र इरानबीच द्वन्द्व सुरु भएको थियो ।
प्रतिक्रियामा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले इजरायली लडाकू जेट इन्धन उत्पादन सुविधाहरू र ऊर्जा आपूर्ति केन्द्रहरूलाई लक्षित गर्दै ‘अपरेसन ट्रु प्रोमिस ३’ नामको ठूलो मात्रामा ड्रोन र मिसाइल अपरेसन सुरु गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली