२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक

२०८२, ८ असार आईतवार १५:५६
काठमाडौँ । इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरको आपत्कालीन बैठक बोलाउने
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले पश्चिम एसियामा भइरहेका घटनाक्रमका कारण आपत्कालीन बैठक बोलाएको यसका महानिर्देशक राफेल ग्रोसीले आइतबार बताउनुभएको छ ।
एक्समा एक पोस्टमा ग्रोसीले भन्नुभयो, “इरानको आपत्कालीन अवस्थाका कारण म भोलिका लागि आइएइए को बोर्ड अफ गभर्नरहरूको आपत्कालीन बैठक बोलाउँदैछु ।”
आइएइएले आइतबार फोर्डोको भूमिगत संवर्धन सुविधासहित इरानका तीन प्रमुख आणविक साइटहरूमा हालैका आक्रमणहरूपछि साइट बाहिरको विकिरणको स्तरमा कुनै वृद्धि नभएको पुष्टि गरेको छ ।
“फोर्डोसहित इरानका तीनवटा आणविक स्थलमा आक्रमणहरूपछि यस समयसम्म साइट बाहिर विकिरणको स्तरमा कुनै वृद्धि भएको रिपोर्ट नभएको आइएइएले पुष्टि गर्नसक्छ । थप जानकारी उपलब्ध हुँदै जाँदा आइएइएले इरानको अवस्थाका बारेमा थप मूल्याङ्कनहरू प्रदान गर्नेछ”, एजेन्सीले एक वक्तव्यमा भन्यो ।
आइएइएको यो वक्तव्य नतान्ज, इस्फाहान र फोर्डोमा आणविक सुविधाहरूलाई लक्ष्य बनाउँदै संयुक्त राज्य अमेरिका र इजरायलका भारी सैन्य आक्रमणहरूपछि आएको हो । आक्रमणहरूमा नर्थरोप ग्रुम्यानद्वारा निर्मित बी–२ स्पिरिट बमवर्षकहरू संलग्न थिए ।
इरानले आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै निन्दा गरेको छ र आफ्नो आणविक कार्यक्रम जारी राख्ने वाचा गरेको छ ।
इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) ले जारी गरेको एक वक्तव्यले आइतबार बिहान इरानका आणविक स्थलहरू ‘बर्बर आक्रमणको अधीनमा थिए–अन्तर्राष्ट्रिय कानून, विशेष गरी एनपिटी (आणविक अप्रसार सन्धि) को उल्लङ्घन गर्ने कार्य’ भएको पुष्टि गरेको छ ।
“अन्तर्राष्ट्रिय नियमहरू उल्लङ्घन गर्ने यो कार्य दुर्भाग्यवश अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को उदासीनता र यहाँसम्म कि सहभागितामा भएको हो”, एइओआई भन्यो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सैन्य कारबाहीको प्रशंसा गर्दै इरानी आणविक सुविधाहरूलाई लक्षित गर्ने ट्रम्पको साहसी निर्णयले इतिहास परिवर्तन गर्ने बताउनुभएको छ ।
इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ र अब अमेरिका इजरायलको समर्थनमा सामेल भएको छ ।
यसैबीच इरानी मिसाइल आक्रमणले इजरायलमा नागरिकहरूलाई घाइते बनाएको केही समयपछि इजरायली वायुसेनाले आइतबार पश्चिमी इरानमा सैन्य स्थलहरूलाई लक्ष्य बनाउँदै नयाँ लहरको हवाई आक्रमण सुरु गरेको छ ।
इजरायलले जुन १३ मा इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामको व्यापक हवाई आक्रमण गरेपछि इजरायल र इरानबीच द्वन्द्व सुरु भएको थियो ।
प्रतिक्रियामा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले इजरायली लडाकू जेट इन्धन उत्पादन सुविधाहरू र ऊर्जा आपूर्ति केन्द्रहरूलाई लक्षित गर्दै ‘अपरेसन ट्रु प्रोमिस ३’ नामको ठूलो मात्रामा ड्रोन र मिसाइल अपरेसन सुरु गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ