२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

१० असार २०८२, मंगलवार १६:३६
उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
युक्रेनले रुसले आफ्नो भूभागमा दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको र राजधानी किएभमा १० जनाको ज्यान गएको बताएको एक दिनपछि यो घटना भएको हो ।
तीन वर्षको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू रोकिएका छन् भने लगभग तीन हप्ताअघि किएभ र मस्कोबीचको अन्तिम प्रत्यक्ष बैठक र कुनै थप वार्ता निर्धारित गरिएको छैन ।
“शत्रुको आक्रमणको परिणामस्वरूप पाँच वर्षीय बालक, ५२ वर्षीय पुरुष र ८४ वर्षीया महिलाको मृत्यु भएको छ”, सुमीको क्षेत्रीय अभियोजक कार्यालयले भनेको छ, “दुई १७ वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित थप छ जना घाइते भएका छन्, सात आवासीय भवनहरू ध्वस्त भएका छन् भने २२ घर र छवटा सवारी साधन क्षतिग्रस्त भएका छन् ।”
सुमी क्षेत्रका सैन्य प्रशासनका प्रमुख ओलेग ग्रिगोरोभले एउटा शव ध्वस्त घरको भग्नावशेषबाट निकालिएको बताउनुभयो ।
“आक्रमणले विभिन्न परिवारका मानिसहरूको ज्यान लियो । तिनीहरू सबै एउटै सडकमा बस्थे । तिनीहरू आफ्नो घरमा सुत्न गए तर रूसी ड्रोनहरूले सदाका लागि उनीहरूको निद्रामा बाधा पु¥यायो”, उहाँले भन्नुभयो ।
रूसी ड्रोन हमलामा खार्किवमा पाँच जना घाइते भएका छन् भने दनिप्रोपेट्रोभस्क क्षेत्रमा अन्य चार जना घाइते भएको अधिकारीहरूले टेलिग्राममा बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य