2026-09-05 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
युक्रेनले रुसले आफ्नो भूभागमा दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको र राजधानी किएभमा १० जनाको ज्यान गएको बताएको एक दिनपछि यो घटना भएको हो ।
तीन वर्षको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू रोकिएका छन् भने लगभग तीन हप्ताअघि किएभ र मस्कोबीचको अन्तिम प्रत्यक्ष बैठक र कुनै थप वार्ता निर्धारित गरिएको छैन ।
“शत्रुको आक्रमणको परिणामस्वरूप पाँच वर्षीय बालक, ५२ वर्षीय पुरुष र ८४ वर्षीया महिलाको मृत्यु भएको छ”, सुमीको क्षेत्रीय अभियोजक कार्यालयले भनेको छ, “दुई १७ वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित थप छ जना घाइते भएका छन्, सात आवासीय भवनहरू ध्वस्त भएका छन् भने २२ घर र छवटा सवारी साधन क्षतिग्रस्त भएका छन् ।”
सुमी क्षेत्रका सैन्य प्रशासनका प्रमुख ओलेग ग्रिगोरोभले एउटा शव ध्वस्त घरको भग्नावशेषबाट निकालिएको बताउनुभयो ।
“आक्रमणले विभिन्न परिवारका मानिसहरूको ज्यान लियो । तिनीहरू सबै एउटै सडकमा बस्थे । तिनीहरू आफ्नो घरमा सुत्न गए तर रूसी ड्रोनहरूले सदाका लागि उनीहरूको निद्रामा बाधा पु¥यायो”, उहाँले भन्नुभयो ।
रूसी ड्रोन हमलामा खार्किवमा पाँच जना घाइते भएका छन् भने दनिप्रोपेट्रोभस्क क्षेत्रमा अन्य चार जना घाइते भएको अधिकारीहरूले टेलिग्राममा बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ