2026-09-05 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानी राष्ट्रपति पेजेस्कियनद्वारा ‘१२ दिने युद्धको अन्त्य भएको’ जानकारी

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

पेजेस्कियनले युद्धविराम लागू भएपछि इरानी जनतालाई दिएको सन्देशमा भन्नुभयो “आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।”

इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उहाँले बताउनुभएको छ ।

यसैगरीे, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएकोे बताउनुभएको छ ।

मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताउनुभएको छ ।

अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको बताउदै उहाँले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउन उनीहरूलाई विकासको गति बढाउनको लागि आधार मान्ने उल्लेख गर्नुभएको छ ।

यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा वरिष्ठ कमान्डर, आणविक वैज्ञानिक र नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ ।

शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू (फोर्डो, नटान्ज र इस्फहान–मा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।

इरानको आक्रमणपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको युद्धविराम मङ्गलबार देखि सुरु हुने घोषणा गर्नुभएको र यसलाई इरान र इजरायल दुवैले स्विकार गरेका छन् । घोषणासँगै यस क्षेत्रमा युद्धविराम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ