२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा सहायताको पर्खाइमा रहेका छसहित २० जनाको मृत्यु

११ असार २०८२, बुधबार १६:२९

काठमाडौँ । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता सङ्कलन गर्न पर्खिरहेका छ जनासहित २० जनाको मृत्यु भएको बुधबार गाजाको प्रहरीले जनाएको छ ।

गाजामा सहायता वितरण स्थलहरू नजिकका घातक घटनाहरूलाई सङ्केत गर्दै ‘खानाको हतियारिकरण’ भएको भन्दै संयुक्त राष्ट्र सङ्ंघले निन्दा गरको छ । गाजामा अमेरिका र इजरायल समर्थित फाउन्डेसनले स्थापित मानवीय संस्थाहरूलाई धेरै हदसम्म प्रतिस्थापन गरेको छ ।

मध्य गाजामा सहायताको प्रतीक्षामा रहेका हजारौं सर्वसाधारणको भीडमा इजरायली सेनाले गोली चलाउँदा खाद्यान्न तथा आर्थिक सहायताको पर्खाइमा रहेका छ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको बताउनुभएको छ । प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न सङ्कलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन ।

निजी रूपमा सञ्चालित सहायता समूह गाजा ‘ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ मा मङ्गलबार सहायता खोज्न आउनेको भीड बढेको थियो ।

प्यालेस्टिनी शरणार्थाीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय निकाय युएनआरडब्लुएले अमेरिका र इजरायली समर्थित प्रणालीलाई घृणित भनेको छ यसले प्यालेस्टिनीहरूको जीवनलाई जोखिममा पारेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयको गाजास्थित शाखा थामिन अल खितानका प्रवक्तालेसमेत यस क्षेत्रमा खानाको हतियारकरण को निन्दा गर्नु भएको छ ।

मे महिनामा सहायता प्रतिबन्धमा केही खुकुलो पारिए पनि इजरायलले प्रतिबन्धहरू जारी राखेको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै ५०० भन्दा बढी मानिस मारिएको बताएको छ । मङ्गलबार इजरायली सेनाले सहायताको प्रतीक्षामा रहेका ४६ जनाको हत्या गरेको नागरिक सुरक्षार्थ बनाइएको गाजाको एक निकायले जनाएको छ ।

जीएचएफले भने आफ्नो सहायता केन्द्र नजिकैको मृत्युको जिम्मेवारी अस्वीकार गरेको छ ।

प्रवक्ता बासलले मध्य र उत्तरी गाजामा बुधबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको बताउनुभएको छ ।

मध्य नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा एक बच्चासहित छ जनाको मृत्यु भएको र डेर अल–बलाह र गाजा सहरको पूर्वमा दुईवटा छुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य