2026-09-05 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा सहायताको पर्खाइमा रहेका छसहित २० जनाको मृत्यु

काठमाडौँ । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता सङ्कलन गर्न पर्खिरहेका छ जनासहित २० जनाको मृत्यु भएको बुधबार गाजाको प्रहरीले जनाएको छ ।

गाजामा सहायता वितरण स्थलहरू नजिकका घातक घटनाहरूलाई सङ्केत गर्दै ‘खानाको हतियारिकरण’ भएको भन्दै संयुक्त राष्ट्र सङ्ंघले निन्दा गरको छ । गाजामा अमेरिका र इजरायल समर्थित फाउन्डेसनले स्थापित मानवीय संस्थाहरूलाई धेरै हदसम्म प्रतिस्थापन गरेको छ ।

मध्य गाजामा सहायताको प्रतीक्षामा रहेका हजारौं सर्वसाधारणको भीडमा इजरायली सेनाले गोली चलाउँदा खाद्यान्न तथा आर्थिक सहायताको पर्खाइमा रहेका छ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको बताउनुभएको छ । प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न सङ्कलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन ।

निजी रूपमा सञ्चालित सहायता समूह गाजा ‘ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ मा मङ्गलबार सहायता खोज्न आउनेको भीड बढेको थियो ।

प्यालेस्टिनी शरणार्थाीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय निकाय युएनआरडब्लुएले अमेरिका र इजरायली समर्थित प्रणालीलाई घृणित भनेको छ यसले प्यालेस्टिनीहरूको जीवनलाई जोखिममा पारेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयको गाजास्थित शाखा थामिन अल खितानका प्रवक्तालेसमेत यस क्षेत्रमा खानाको हतियारकरण को निन्दा गर्नु भएको छ ।

मे महिनामा सहायता प्रतिबन्धमा केही खुकुलो पारिए पनि इजरायलले प्रतिबन्धहरू जारी राखेको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै ५०० भन्दा बढी मानिस मारिएको बताएको छ । मङ्गलबार इजरायली सेनाले सहायताको प्रतीक्षामा रहेका ४६ जनाको हत्या गरेको नागरिक सुरक्षार्थ बनाइएको गाजाको एक निकायले जनाएको छ ।

जीएचएफले भने आफ्नो सहायता केन्द्र नजिकैको मृत्युको जिम्मेवारी अस्वीकार गरेको छ ।

प्रवक्ता बासलले मध्य र उत्तरी गाजामा बुधबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको बताउनुभएको छ ।

मध्य नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा एक बच्चासहित छ जनाको मृत्यु भएको र डेर अल–बलाह र गाजा सहरको पूर्वमा दुईवटा छुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ