2026-06-21 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

2025-06-25
काठमाडौँ । यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । पनौती नगरपालिकाले भने स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार तोकिएको समय असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन ।
पनौतीमा समानीकरण सङ्ख्या नपुग्दाका कारण असार ९ गते नै सुरु भएको नगरसभा स्थगन गरिएको छ । सोमबार निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिला सुरु गरिएको बजेट अधिवेशन राष्ट्रिय गानलगत्तै नगरप्रमुख रामशरण भण्डारीबाट स्थगित गरिएको हो । नगर उपप्रमुख गीता बञ्जारा, वडा नं ७ का वडाध्यक्ष तथा नगरसभा सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरेको घोषणा गरिएको थियो । कार्यपालिकामार्फत विधि र प्रक्रिया सबै पूरा गरिए पनि अन्तिम समयमा अनुपस्थित भएकाले बैठक स्थगित गर्न बाध्य भएको भण्डारीले बताउनुभयो ।
बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरित करिब रु पाँच करोड बजेट थप भएर आएकाले बैठकमा सहभागी नभएको बताउनुभयो । जम्मा ६२ सदस्यीय नगरसभामा नगर प्रमुख, वडा नं ४ का वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)बाट एक वडाध्यक्ष छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।
धुलिखेल नगरपालिकाले असार ५ गते नै रु अर्ब १८ करोड ४८ लाख ५० हजार, असार ६ गते बनेपा नगरपालिकाले रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६, असार ९ गते नमोबुद्ध नगरपालिकाले रु ८० करोड ७३ लाख २३ हजार १६० तथा महाभारत गाउँपालिकाले रु ६० करोड १३ लाख एक हजारको बजेट गाउँसभामा प्रस्तुत ग¥यो ।
मङ्गलबार एकै दिन जिल्लाका दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् । पाँचखाल नगरपालिकाले रु ८२ करोड ५१ लाख ८४ हजार ८०२ र मण्डनदेउपुर नगरपालिकाले रु एक अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ को बजेट प्रस्तुत गरे ।
यस्तै रोशी गाउँपालिकाले रु ७२ करोड चार लाख ३७ हजार, बेथानचोकले रु ६४ करोड ७३ लाख पाँच हजार २४३, भुम्लुले रु ६२ करोड ९१ लाख ३९ हजार र चौरीदेउरालीले रु ६९ करोड पाँच लाख पाँच हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेका हुन् ।
यसैगरी तेमाल गाउँपालिकाले रु ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोलाले रु ५२ करोड २३ लाख ३२ हजार ३५३ को बजेट प्रस्ताव गरेका छन् । आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले भने सङ्घीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेको जनाएका छन् ।
केही तहले भने नयाँ कार्यक्रम समावेश गरेको पाइएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने र मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीका लागि औषधी उपचार खर्चबापत मासिक रु पाँच हजारका दरले प्रदान गर्ने, बनेपाले सहकारी सुधारदेखि रात्रिकालीन व्यवसाय सञ्चालन, खानीखोलाले गर्भवतीलाई ‘झण्डा र अण्डा’, रोशीमा एकल पुरुषलाई मासिक भत्ता दिन प्रस्ताव गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ