2026-11-01 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक

2025-06-25
काठमाडौँ । डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।
यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै रु ८० करोड ४९ लाख ४१ हजार विनियोजन गरेको छ । नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिनुभयो ।
अमरगढी नगरपालिकाले रु ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले रु ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले रु ५३ करोड दुई लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले रु ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले रु ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले रु ४६ करोड ७६ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।
पालिकाहरुले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन् । अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन् । गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द